शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

करिना कपुरः २५ रोचक जानकारी

बुधबार, २१ असोज २०७७, १० : ३९
बुधबार, २१ असोज २०७७

करिनाकी आमा जब गर्भवती थिइन् तब अन्ना करेनीना नामको किताब पढिरहेकी थिइन् र यसै आधारमा करिनाको नाम राखियो । घरमा उनलाई सबैले बेबो भनेर बोलाउँछन् ।

कपूर खानदानबाट भएका कारण करिनाको अभिनयप्रति स्वभाविक रुझान थियो । त्यसैले उनले आफ्नो पढाई अधुरै छोडिन् र फिल्मतर्फ अघि बढिन् । हुन त उनले आफूलाई राम्रो विद्यार्थी बताउँछिन् ।

सलमान खानलाई करिना कपुरले त्यो बेला भेटेकी थिइन् जब करिनाकी दिदी करिश्मासँग सलमान एक फिल्मको सुटिङ गरिरहेकी थिइन् । सलमानसँग करिना निकै डराएकी थिइन् र सलमानले उनीसँग बच्चाजस्तै व्यवहार गरेका थिए । पछि करिना सलमानकी हिरोइन बनिन् ।

करिनालाई सबैभन्दा पहिला राकेश रोशनले ‘कहो ना प्यार हे’ का लागि साइन गराइएको थियो । केही दिनको सुटिङपछि करिना फिल्मबाट अलग्गिइन् । करिना क्याम्पका मानिसहरुका अनुसार राकेश आफ्ना छोरा रितिक रोशनमाथि बढी ध्यान दिइरहेका थिए त्यसैले करिना अलग्गिएकी हुन् ।

करिनाको पहिलो रिलिज फिल्म रिफ्युजी (सन् २०००) मा रिलिज भएको हो, जसलाई जेपी दत्ताले निर्देशन गरेका थिए । यो अभिषेक बच्चनको पनि पहिलो फिल्म हो ।

करिना कपुर निकै जिद्दी छिन् । एकपटक उनले करन जोहरको फिल्ममा यसकारण काम गर्न अस्विकार गरेकी थिइन् किनभने उनले मागेको रकम दिएका थिएनन् ।

चमेलीलाई करिनाको उत्कृष्ट फिल्ममा गनिन्छ । यो फिल्म जब उनलाई प्रस्ताव गरिएको थियो तब उनले वेश्याको भूमिका निभाउन आफ्ना लागि मुश्किल हुने बताउँदै अस्विकार गरेकी थिइन् । यो भूमिका जब उनलाई पुनः प्रस्ताव गरियो तब करिनाले स्विकार गरिन् । यो भूमिकाको तयारीका लागि उनी थुप्रै पटक मुम्बईको रेड लाइट एरियामा गइन् र उनले यौनकर्मीको हाउभाउको अध्ययन गरिन् ।

करिनाको अन्य नायिकासँग राम्रो सम्बन्ध हुँदैन । ‘अजनबी’ फिल्मको सुटिङको क्रममा उनी बिपाशा बसुसँग रिसाएकी थिइन् र उनले बिपाशालाई ‘कालो बिराली’ भनेकी थिइन् । ‘ऐतराज’ को सुटिङका बेला प्रियंका चोपडासँग पनि उनको ठाकठुक भएको थियो ।

बलिउडका टप स्टार्सका लागि करिना निकै रुचाइएकी छिन् र सबै करिनासँग फिल्म गर्न सधैं तयार रहन्थे ।

एक समय यस्तो पनि आयो जब करिना तीन खान (शाहरुख–आमिर–सलमान) सँग एकैपटक फिल्म गरिरहेकी थिइन् ।

शाहरुख खानले एकपटक भनेका थिए, ‘मेरो हातमा हुँदो हो त म आफ्नो सबै फिल्मकी हिरोइन करिनालाई बनाउने थिएँ ।’

करिना र शाहिद कपुरको रोमान्स लामो समयसम्म चल्यो । शाहिदकै आग्रहमा करिना शाकाहारी भएकी थिइन् ।

टशनको सुटिङका क्रममा सैफ र करिना नजिकिए । पछि करिनाले सैफसँग विवाह गरिन् ।

करिना कपुरले हालसम्म ६ वटा फिल्म फेयर अवार्ड जितिसकेकी छिन् । बेस्ट फिमेल डेब्यू (रिफ्यूजी–२००१), स्पेशल अवार्ड (चमेली–२००४), बेस्ट एक्ट्रेस–क्रिटिक्स (देव–२००५), बेस्ट एक्ट्रेस–क्रिटिक्स (ओंकारा–२००७) र बेस्ट सपोर्टिङ एक्ट्रेस (वी आर फ्यामिली–२०११) ।

नरगिस र मीना कुमारीबाट करिना अत्यधिक प्रभावित छिन् र उनीहरुले झैं अविस्मरणीय भूमिकामा अभिनय गर्न चाहन्छिन् ।

एक्सन फिल्ममा करिनाको खासै रुची छैन । उनलाई भावना–प्रधान र प्रेम कहानीमा आधारिक फिल्म गर्न राम्रो लाग्छ ।

फिल्ममा आउनुपूर्व करिनाले किशोर नमित कपूरसँग अभिनयको प्रशिक्षण लिएकी थिइन् ।

शाहरुख खानसँग करिना निकै प्रभावित छिन् । एकपटक उनले आफ्ना श्रीमानमा शाहरुख खानको जस्तो गुण देख्न चाहेको बताएकी थिइन् ।

फिदामा करिनाले पहिलो पटक भिलेनको भूमिका निभाइन् ।

करिनालाई घोड सवारी र पाककलामा रुची छ ।

अमृता अरोरा खान, मलाइका अरोरा करिनाका निकै मिल्ने साथी हुन् । उनीहरु धेरैजसो सँगै नै देखिन्छन् । ईशा देओलसँग पनि उनको राम्रो सम्बन्ध छ ।

टशनका लागि करिनाले जिरो फिगर बनाएकी थिइन् । त्यसपछि फिल्म इन्डष्ट्रिमा हिरोइनको जिरो फिगरको होडबाजी नै चल्यो । आफूलाई फिट राख्नका लागि करिना योगा गर्छिन् ।

खान थर उनलाई पहिले देखि नै मनपर्दथ्यो र विवाह पछि उनी करिना कपुर खान बन्न पाएकोमा निकै खुसी छिन् ।

रियल लाइफमा श्रीमान्–श्रीमती सैफ–करिनाको जोडीले रिल लाइफमा खासै सफल छैन । उनीहरुले सँगै अभिनय गरेको टशन, कुर्बान र एजेन्ट विनोद बक्स अफिसमा असफल रह्यो ।

आमिर खान करिना कपुरलाई वर्तमानको सबैभन्दा सुन्दर हिरोइन मान्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप