बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

चर्चित गितारवादक एडी भान ह्यालेनको ६५ वर्षमा निधन, क्यान्सरबाट थिए ग्रसित

बुधबार, २१ असोज २०७७, ०९ : ०७
बुधबार, २१ असोज २०७७

चर्चित रक ग्रुप भान हलेनका विख्यात लिड गितारिस्ट एडी भान ह्यालेनको निधन भएको छ । उनका छोराले सोसल मिडिया पोस्टमार्फत् यसबारे जानकारी दिएका हुन् । उनी ६५ वर्षका थिए ।

‘उहाँ संसारकै उत्कृष्ट बुवा हुनुहुन्थ्यो,’ उनका छोराले वुल्फ भान हलेनले ट्वीटरमा लेखे । ‘उहाँसँग स्टेज भित्र र बाहिर जति पनि समय बिताएँ, ती मेरा लागि उपहार थिए ।’

एडी र भ्यालेरी बेर्टिनेलीका छोरा वुल्स भान ह्यालेनले उनको बुवाको क्यान्सरसँगको लामो संघर्ष पछि मंगलबार बिहान निधन भएको बताए । भान ह्यालेनले सन् २००९ मा नायिका जेनी लिस्जेवेस्कीसँग विवाह गरे ।

‘म पूर्ण रुपमा विक्षिप्त छु र मेरा लागि यो अपूरणीय क्षती हो,’ उनले भने ।

ह्यालेनकी जेठी श्रीमती बेर्टिनेलीले ४० वर्ष अघि गितारिस्टलाई भेट्दा उनको जीवन फेरिएको बताएकी छिन् ।

‘तिमीले मेरो जीवनमा वास्तविक प्रकाश ल्याइदियौं, हाम्रो छोरा, वुल्फग्याङ्ग,’ नायिकाले लेखिन् । ‘फोक्सोको क्यान्सरका लागि गर्नुपर्ने ती तमाम चुनौतीपूर्ण उपचारपश्चात् पनि तिमीले आफ्नो इच्छाशक्ति खुम्चिन दिइनौ, त्यो मुस्कानलाई कहिल्यै आफूबाट ओझेल हुन दिइनौ ।’

‘तिम्रो जीवनको अन्तिम समयमा वुल्फी र मैले तिमीसँग समय बिताउन पायौं, त्यसमा म धन्य छु । म तिमीलाई जीवनको अर्को चरणमा भेट्नेछु, मेरो प्यारा ।’

एड्वार्ड लोडेविज्क भान ह्यालेन पूरा नाम भएका एडी भान ह्यालेन र उनका भाइ एलेक्स भान ह्यालेनले किशोरावस्थादेखि नै सँगै आफ्नो प्रस्तुती दिन थालेका थिए । यी दुईले डेविड ली रोथलाई भेटेपछि भान ह्यालेन नामको समूह बनाए ।

चार दशकको यात्रामा भान ह्यालेनले दर्जन बढी एल्बम निकाले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप