बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या जुलाई यताकै उच्च
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या जुलाई पछिकै सबैभन्दा बढी भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । पछिल्लो २४ घन्टामा बेलायतमा थप ७६ हजार जना कोरोना संक्रमितको मृत्यु भएको । बेलायतमा कोरोना संक्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु भएमा कोरोना संक्रमितको मृतकमा गणना गरिन्छ । मंगलबार साँझसम्म बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ४ सय ५५ पुगेको छ ।
मंगलबार सार्वजनिक तथ्याँक अनुसार २४ घन्टामा थप १४ हजार ५ सय ४२ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ५ लाख ३० हजार एक सय १३ पुगेको सरकारी तथ्याँकले जनाएको छ ।
यसैगरी अस्पतालमा भर्ना हुने कोभीड १९ का बिरामीको संख्यामा पनि २५ प्रतिशतले वृद्धि भएको छ । मंगलबार मात्र ४ सय ६ जना कोरोना सनाक्रमित बिरामी अस्पताल भर्ना बहेका छन् । यो संख्या पनि जुलाई यताकै सबैभन्दा बढी हो । हाल बेलायतका अस्पतालमा २ हजार ८ सय ३३ जना कोरोना संक्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा