नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र पौडेल
मङ्गलबार, २० असोज २०७७, २२ : ५८

काठमाडौं । नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र पौडेल आएका छन् । यसअघि शम्भुप्रसाद पौडेलको पदावधि सकिएपछि उपेन्द्रलाई अध्यक्ष बनाइएको हो। २०७४ मंसिर १५ गतेबाट नबिल बैंकको संचालक समितिमा रहँदै आएका उपेन्द्र बैंकर्स संघको अध्यक्ष समेत भैसकेका छन् । यसअघि एनएमबि बैंकको प्रमुख कार्यकारीबाट अवकाश भएपछि उनी नबिलको सञ्चालक समितिमा नियुक्त भएका थिए।
नविलमा शम्भुसँगै दयारामगोपाल अग्रवालको पनि ४ वर्षे कार्यकाल पूरा भएको छ । अग्रवाल गत १७ गते बैंकबाट बिदा भइसकेका छन्। शम्भु पौडेल भने २०४२ सालदेखि नबिलको सञ्चालक समितिमा रहँदै आएका थिए भने अग्रवाल २६ वर्षभन्दा बढी समयदेखि सञ्चालक समितिमा रहेका थिए । अहिले नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल शाह रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिबद्ध छु : शिक्षामन्त्री
-
छलफलका लागि गएका शिक्षक नेताहरू सिंहदरबार गेटबाटै किन फर्किए ?
-
एक पुरुष मृत फेला
-
चैत १५ को घटनाले तात्यो संसद्, राजावादीको हर्कतबारे सत्तापक्ष र विपक्षीका आ–आफ्नै तर्क
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाह १० जनाको टोली लिएर भारत जाँदै
-
अस्पताल बनाएर मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता हुँदैन : मुख्यमन्त्री लामा