मजदूरमा कोरोना देखिएपछि तातोपानी नाका फेरि बन्द
मङ्गलबार, २० असोज २०७७, २० : १२
काठमाडौं । मजदूरमा कोरोना पोजेटिभ देखिएपछि तातोपानी नाका फेरि बन्द भएको छ । लोड अनलोड गर्ने ३ जना मजदूरहरुमा कोरोना पोजेटिभ देखिएलगत्तै नाका बन्द भएको हो । उनीहरुको नेपाल र चीनमा गरी दुईपटक कोरोना परीक्षण गरिएको थियो । नेपाली परीक्षण नेगेटिभ नतिजा आएका मजदूरमा चिनियाँ ल्याबमा परीक्षण गर्दा नतिजा पोजेटिभ आएको जनाइएको छ ।
शनिबार नेपालबाट चीनतर्फ पठाइएका २९ चालक तथा लोड गर्ने श्रमिकहरुको आइतबार कोरोना परीक्षण गरिएको र तीमध्ये ३ जनामा संक्रमण देखिएको जनाइएको छ । मजदूरहरुमा कोरोना संक्रमण देखिएपछि नाका बन्द भएको छ भने चीनतर्फ रहेका नेपाली मजदूरलाई फर्काउने विषयमा कुराकानी भैरहेको तातोपानी भन्सार कार्यालयको भनाई छ । सो नाका आइतबारदेखि सञ्चालनमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध