शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीमा ट्याक्टरले स्कुटरलाई ठक्कर दियो, १ जनाको मृत्यु

मङ्गलबार, २० असोज २०७७, १८ : ३४
मङ्गलबार, २० असोज २०७७

इनरुवा । सुनसरी धरान उपमहानगरपालिका–१४ मा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय २५ वर्षीय गोकुल तामाङ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

धरानस्थित त्रिवेणी मार्ग भित्री सडकखण्डमा को१त ८८०१ नंको मिनी ट्र्याक्टरले को३०प १२९६ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि सवार तामाङ गम्भीर घाइते भएका थिए । घाईते तमाङलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्कर दिने मिनी ट्र्याक्टर र चालक तुलसी बिक प्रहरीको नियन्त्रणमा रहेको छ भने स्कुटर चालक सुस्मन मैनाली सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप