बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पाटी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मन्त्रिपरिषद पुनर्गठन, सरकारले गरेको सवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका एजेण्डामा छलफल शुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।
अवश्यकताअनुसार मन्त्री हेरफेर गर्ने कि खाली रहेका मन्त्रालयमा मन्त्री मात्र पठाउने विषयमा आजको बैठकले टुङ्गों लगाउने बताइएको छ । अध्यक्षद्धय केपी शर्माअोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बीचमा शुरुमा खाली रहेका तीनवटा मन्त्रालयमा मन्त्री पठाउने त्यसपछि बाँकी मन्त्रालयको विषयमा छलफल गर्ने सहमति गरेको स्रोतले जनाएको छ ।
पार्टीका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा र सुरेन्द्र पाण्डेलाई पार्टीले मन्त्रिपरिषद्का लागि सिफारिश गर्ने कुरा भएको छ । तर अर्थमन्त्रालयमा पौडेल जाने कि पाण्डे जाने विषयमा सहमित हुन सकेको छैन । सचिवालयको बैठकमा त्यस विषयमा पनि छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा’
-
देउवाद्वारा सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत
-
भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण टोली प्रतिनिधि प्रधानमन्त्री भेट्न बालुवाटारमा
-
पूर्वराजा ज्ञानेन्द्रलाई वर्षमानको चेतावनी : तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
-
परराष्ट्रमन्त्री देउवा र अजरबैजानका विदेश राज्यमन्त्रीबिच भेटवार्ता
-
‘पहिला पानीजहाजलाई लिएर धेरै उडाइयो, अहिले आवश्यकता महसुस भएको छ’