त्रिविका प्राध्यापक चलाउनेमाथि निर्घात कुटपिट
मङ्गलबार, २० असोज २०७७, १७ : १७
काठमाडौं । त्रिभुवन विश्विद्यालय समाजशास्त्र केद्रिय विभागका प्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण भएको छ । मंगलबार विश्वविद्यालय परिसरमा उनलाई ३ जना युवाले कुटपिट गरेका हुन् । मोटरसाइकलमा आएका ३ जनाले लाठीले हानेर घाइते बनाएर भागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई बताए ।
उनको टाउकोमा गम्भिर चोट लागेको छ । चलाउनेको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । चलाउनेलाई नेविसंघकाका कार्यकर्ताले केही दिनअघि धम्की दिएको बताइएको छ । आक्रमणबारे महानगरीय प्रहरी वृत किर्तिपुरले अनुसन्धान गरिरहेको छ ।