अनसनरत डा.केसीलाई भेट्न पुगे शिक्षासचिव मैनाली

काठमाडौं । २३ दिनदेखि अनसनरत डा.गोविन्द केसीलाई शिक्षा सचिव गोपीनाथ मैनालीले भेट गरेका छन्। मंगलबार शिक्षासचिव मैनालीको नेतृत्वमा पुगेको ३ जनाको टोलीले त्रिवि शिक्षणअस्तपाल पुगेर डा.केसीलाई भेटेको हो । डा.केसीले पछिल्लो अनसन सुरु गरेपछि भेट गर्ने मैनाली पहिलो सरकारी अधिकारी हुन् । डा.केसीलाई मैनालीबाहेक यसअघि कसैले पनि भेटेका थिएनन् ।
भेटका क्रममा सचिव मैनालीले केसीले उठाएका मागका सम्बन्धमा छलफल गर्न सरकारीस्तरमा कुनै वार्ता टोली गठन नगरिएको जानकारी गराएका थिए । उनले डा.केसीलाई अनसन फिर्ता लिन समेत आग्रह गरेका थिए । डा.केसीले भने सरकारले आधिकारिक रुपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडानलाई दोहोर्याएका थिए ।
तीन हप्तादेखि अनसनमा रहेका डा.केसीको स्वास्थ्यअवस्था निकै गम्भिर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । डा.केसीले उठाएका माग र उनको जीवन रक्षाप्रति सरकार गम्भिर नभएको भन्दै नागरिकस्तरबाट सरकारको चर्को आलोचना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखक चूडामणि गौतमको निधन
-
ह्याकरहरूले भेट्टाए टू फ्याक्टर अथेन्टिकेशन छल्ने तरिका
-
किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह