आइसिटी अवार्ड : चार विधामा उत्कृष्ट १२ छानिए
सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड–२०२० संस्करणको छनौट प्रक्रिया जारी रहेको छ । १४ जनाको जुरी समितिले दोस्रो चरणमा विभिन्न चार विधाहरूको नतिजा सार्वजनिक गरेको छ ।
स्टार्टअप आइसिटी अवार्ड २०२० र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० विधामा उत्कृट १२ तेस्रो चरणको छनौटको लागि प्रवेश गरेका छन् । त्यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०२० को विधामा उत्कृट १३ प्रडक्टहरू तेस्रो चरणको छनौटमा प्रवेश गरेका छन् भने इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० मा उत्कृष्ट १४ इन्नोभेसनहरू तेस्रो चरणको छनौटमा प्रवेश गरेका छन् ।
पाँचौं संस्करणको आइसिटी अवार्ड २०२० मा ११ विधाको लागि अनलाइन आवेदन खुला गरिएको थियो । विभिन्न ११ विधामा ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जानकारी दिएको छ । भदौ अन्तिम सातादेखि शुरू भएको छनौट प्रक्रिया जारी रहेको छ । अन्य ७ विधामा उत्कृष्ट ७ हुँदै उत्कृष्ट ३ को छनौट गरेर सर्वोत्कृष्टको छनौट गरिने जुरी समितिका सुशील पोखरेलले बताए । आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले यस वर्ष डिसेम्बर पहिलो हप्ता आयोजना गरिने बताइएको छ ।
दोस्रो चरणबाट छनौट भएका उत्कृष्ट स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेसनहरूले तेस्रो चरणको छनौटको लागि १४ जना जुरी समक्ष प्रिजेन्टेशन तथा स्पिड डेडिङ सेसनमा भाग लिनुपर्ने हुन्छ । उक्त सेसनबाट छनौट भएका उत्कृट ५ पब्लिक भोटिङको लागि छनौट हुनेछन् । पब्लिक भोटिङसँगै स्टार्टअप कम्पनीहरू फिल्ड भिजिट पनि सञ्चालन गरिने आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रणनीतिक महत्वको बेनी-दरवाङ सडक अन्तर्गत ‘रणवाङ-दरवाङ’ खण्डमा कालोपत्र सुरू
-
ट्रम्पले भने-वाशिंटन डीसी हवाई दुर्घटनाको कारण अझै अज्ञात
-
१२ बजे, १२ समाचार : विपक्षी दलले सामाजिक सञ्जाल नियमन अध्यादेश अस्वीकार गर्नेदेखि आशिका तामाङलाई तत्काल छोड्न पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठको मागसम्म
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ
-
टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा
-
आशिका तामाङलाई तत्काल रिहा गर्न पूर्वमन्त्री श्रेष्ठको माग