शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यौन सम्पर्कका बेला यी कुराले चिन्तित हुन्छन् पुरुष

मङ्गलबार, २० असोज २०७७, १२ : २७
मङ्गलबार, २० असोज २०७७

आम रुपमा यौन सम्बन्धलाई लिएर महिलाको मनमा डर र संशय रहेको हुन्छ भन्ने बुझिन्छ । जस्तो, उनीहरु आफ्नो फिगर, लुक्स र व्यक्तित्वलाई लिएर धेरै सोच्छन् । पुरुषको मनमा अन्तरङ्ग सम्बन्धलाई लिएर खासै चिन्ता हुँदैन र उनीहरुको एउटै उद्देश्य आफ्नो महिला पार्टनरलाई सन्तुष्टि महसुस गराउन केन्द्रीत रहन्छ भनिन्छ । तर, पुरुषहरु पनि शारिरीक सम्बन्धका दौरान चिन्तित हुन्छन् । 

पुरुषको मन पनि उथल–पुथल हुन्छ । पुरुषहरुको दिमागमा आफ्नो पार्टनरलाई सन्तुष्ट गर्न सकियो वा सकिएन भन्ने विचार आइरहेको हुन्छन् । यस विचारलाई लिएर उनीहरुको मनमा धेरै तरिकाका प्रश्न पैदा हुन्छन्, जसले मानसिक रुपमा हैरान गर्छ । कतिपयले यहीकारण हिनताबोध महसुस गर्छन् । कतै आफ्नो यौन सन्तुष्टिका लागि महिलाले अन्य पुरुषसँग सम्बन्ध त बनाएकी छैनन् भन्ने शंका पनि उनीहरुको मनमा आउँछ । यस्ता कुरामा पुरुषले जति धेरै सोच्छ, उनको यौनशक्तिमा पनि उति नै नकारात्मक प्रभाव पर्छ । यसैकारण, कयौंपटक उनीहरुले आफ्ना महिला साथीलाई सन्तुष्ट पार्न राख्न सक्दैनन् । 

आकारबारे भिन्न विचार 
पुरुषको लिंगको आकार सामान्यभन्दा कम छ भने उसको मनमा हिन भावन आउनसक्छ । उनीहरुलाई आफ्नो लिंग छोटो छ र यसले महिला पार्टनरलाई सन्तुष्ट गर्न सक्दैन भन्ने डर लाग्छ । यस्तो स्थितीमा विज्ञहरुले उनीहरुको भयलाई आश्वासन दिएर टाढा बनाउने प्रयास गर्छन् । विज्ञहरुका अनुसार यसको आकारसँग यौन सन्तुष्टिको ज्यादा सम्बन्ध छैन, कतिपय महिलाहरु आकारतर्फ ध्यान पनि दिँदैनन् ।  यस विषयमा सार्वजनिक भएका विज्ञहरुको तर्कअनुसार पुरुषहरुको लिंगको आकारका विषयमा महिलाको दाँजोमा पुरुषहरु नै धेरै चिन्तित हुन्छन् । विज्ञहरुका अनुसार लिंगको आकारलाई लिएर चिन्तित हुन जरुरी छैन । 

गर्भधारण सम्बन्धी विचार 
सन्तान लाभका लागि महिलासँगै पुरुष पनि स्वस्थ हुन निकै जरुरी छ । यस्तो जरुरी छैन कि हरेकपटक शरीरिक सम्बन्ध बनाउनुको अर्थ महिलालाई गर्भवती बनाउनु हो । तर धेरै पुरुषहरुको दिमागमा आफ्नो प्रजनन क्षमतालाई लिएर प्रश्न चलिरहेको हुन्छ । जब उनीहरुको दिमागमा आफ्नी पार्टनरलाई गर्भवती बनाउन नसक्नुको हिनता चलिरहेको हुन्छ, तब उनीहरु एनोरेक्सियाबाट पिडित हुन्छन् । यसको सिधा असर उनीहरुको यौनशक्तीमा पर्छ । जब पुरुषले राम्ररी यौन सम्बन्ध बनाउन सक्दैन, तब महिला गर्भवती हुन सक्दैनन् । उनीहरुको जाँच गर्दा थाहा हुन्छ कि यसमा कुनै चिकित्सकीय त्रुटि छैन । 

दिमाग र मनलाई राख्नुस् शान्त 
सम्बन्ध शारिरीक सम्बन्ध एक महत्त्वपूर्ण विषय हो । तर, यसको मतलब यो होइन कि तपाईँ यसबारे सोचेर आफ्नो मानसिक भार बढाउनुस् । आफ्नो पार्टनरसँग भावनात्क रुपले आफ्नो सम्बन्ध बलियो बनाउन तपाईँले ध्यान केन्द्रीत गर्नुपर्छ । यस्तो हुँदा तपाईले उनलाई आफ्ना विचारहरु बताउन सक्नुहुन्छ । शरिरीक सम्बन्धमा रहँदा दिमागलाई शान्त राख्नुस् र खुसी हुनुस् । तपाईँ त्यस पलको आनन्द लिनुस् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप