शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनरल इन्सुरेन्सको आइपीओ बाँडफाँड, सवा ५ लाख आवेदकको हात खाली

मङ्गलबार, २० असोज २०७७, ११ : १८
मङ्गलबार, २० असोज २०७७

जनरल इन्सुरेन्स कम्पनीको आइपीओ बाँडफाँड भएको छ । जसमा २ लाख ७० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन भने  ५ लाख २४ हजार ५४ जना आवेदनकर्ताको हात खाली भएको छ ।

७ लाख ९४ हजार जनाले आवेदन दिएकामा २ हजार १ सय ८८ जना आवेदकले ४८ हजार ६ सय ४० कित्ताका लागि दिएको आवेदन रद्द भएको छ ।

जनरलले असोज ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको थियो ।

हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप