हरेक १० मध्ये एकलाई कोरोना संक्रमणः डब्ल्यूएचओ
![हरेक १० मध्ये एकलाई कोरोना संक्रमणः डब्ल्यूएचओ](https://rpcdn.ratopati.com/media/albums/corona_zipVTwAxDY.jpg)
विश्व स्वास्थ्य संगठन लिडर्सको एक विशेष बैठकमा संसारमा हरेक १० मध्ये एक व्यक्तिमा कोरोना संक्रमण भएको हुनसक्ने बताएको छ ।
एक वरिष्ठ अधिकारीका अनुसार यो अनुमानको अर्थ हो कि संसारको ठूलो जनसंख्याको एउटा ठूलो हिस्सा खतरामा छ ।
हालसम्म संसारको डेढ सयभन्दा धेरै देशमा ३.५ करोड मानिस कोरोनाभाइरसद्वारा संक्रमित भएको पुष्टि भएको छ । यद्यपि, डब्ल्यूएचओका अनुसार संक्रमणको वास्तविक आँकडा ८० करोड नजिक हुनसक्छ ।
विशेषज्ञले लामो समयदेखि जति संक्रमित दर्ता गरिएका छन्, वास्तवमा संख्या त्योभन्दा थुप्रै गुणा बढी हुनसक्ने बताउँदै आएका छन् ।
डब्ल्यूएचओको बैठक स्विटजरल्याण्डको जेनेभास्थित मुख्यालयमा भयो जसमा संसारभरीका देशले महामारीसँग जुध्न अपनाइएको तरिकामाथि चर्चा भयो ।
कोरोनाभाइरसको पहिलो संक्रमित चीनको ऊहानमा भेटिएका थिए । १० महिना बितिसकेको छ तर यो महामारी समाप्त हुने छाँटकाँटमा छैन ।
केही देशमा महामारी फैलनबारे रोक्नका लागि लगाइएको प्रतिबन्ध खुकुलो पारेपछि महामारीको दोस्रो लहर देखिएको छ र केही देशमा संक्रमितको संख्या पहिलेको भन्दा धेरै भएको छ ।
डब्ल्यूएचओका हेल्थ इमर्जेन्सी प्रोग्रामका कार्यकारी निर्देशक माइक रयानले संसारका १० प्रतिशत जनसंख्या कोरोनाभाइरसको चपेटमा आइसकेको अनुमान गरेका छन् ।
उनले भने, ‘यो संख्या अलग–अलग देशका हुन्, शहर र गाउँका र भिन्न भिन्न समूहको आधारमा भिन्न भिन्न छ ।’
‘तर यसको अर्थ यो हो कि संसारको एउटा ठूलो हिस्सा खतरामा छ । हामीलाई थाहा छ कि महामारी छिटो अन्त्य हुनेछैन तर हामीलाई यो पनि थाहा छ कि हामीसँग यो संक्रमण फैलन रोक्ने र जीवन बचाउने तरिका पनि छ ।’
विश्व स्वास्थ्य संगठनका निर्देशक जनरल टेड्रोस एडनहोनम गेब्रियाससले संसारभरी भिन्न भिन्न देशमा भाइरसले भिन्न–भिन्न तरिकाले असर पुर्याएको छ र यो महामारीसँग जुध्नका लागि सबै एकसाथ आउनुपर्छ ।
उनले भने, ‘यद्यपि, सबै देश यो भाइरसबाट प्रभावित भएका छन्, हामीले यो याद राख्नुपर्छ कि महामारीले कतै कम छ कतै बढी असर पारिरहेको छ । ७० प्रतिशत संक्रमित र मृत्यु १० देशमा दर्ता भएका छन् ।’
जोन होपकिन्स युनिभर्सिटीका अनुसार भाइरसले अहिलेसम्म १० लाखभन्दा बढीको ज्यान गइसकेको छ । अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । – बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइफाको रजत जयन्तीमा निर्देशक राकेश रोशनलाई विशेष सम्मान गरिने
-
भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नुभनेको भूमिहीन किसानको विरोध गर्नु हो : उपमहासचिव ज्ञवाली
-
प्रभु साहको प्रश्न : शान्तिपूर्ण विरोध सभा गर्ने ठाउँ कहाँ छ ?
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यादेशबारे छलफल
-
जनमुक्ति सेना नेपालका तत्कालीन कमान्डर थापाको निधन
-
भारतको जबलपुरमा मिनीबस दुर्घटना, कुम्भ मेलाबाट फर्किएका सात जनाको मृत्यु