शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हरेक १० मध्ये एकलाई कोरोना संक्रमणः डब्ल्यूएचओ

मङ्गलबार, २० असोज २०७७, १० : १७
मङ्गलबार, २० असोज २०७७

विश्व स्वास्थ्य संगठन लिडर्सको एक विशेष बैठकमा संसारमा हरेक १० मध्ये एक व्यक्तिमा कोरोना संक्रमण भएको हुनसक्ने बताएको छ ।

एक वरिष्ठ अधिकारीका अनुसार यो अनुमानको अर्थ हो कि संसारको ठूलो जनसंख्याको एउटा ठूलो हिस्सा खतरामा छ ।

हालसम्म संसारको डेढ सयभन्दा धेरै देशमा ३.५ करोड मानिस कोरोनाभाइरसद्वारा संक्रमित भएको पुष्टि भएको छ । यद्यपि, डब्ल्यूएचओका अनुसार संक्रमणको वास्तविक आँकडा ८० करोड नजिक हुनसक्छ ।

विशेषज्ञले लामो समयदेखि जति संक्रमित दर्ता गरिएका छन्, वास्तवमा संख्या त्योभन्दा थुप्रै गुणा बढी हुनसक्ने बताउँदै आएका छन् ।

डब्ल्यूएचओको बैठक स्विटजरल्याण्डको जेनेभास्थित मुख्यालयमा भयो जसमा संसारभरीका देशले महामारीसँग जुध्न अपनाइएको तरिकामाथि चर्चा भयो ।

कोरोनाभाइरसको पहिलो संक्रमित चीनको ऊहानमा भेटिएका थिए । १० महिना बितिसकेको छ तर यो महामारी समाप्त हुने छाँटकाँटमा छैन ।

केही देशमा महामारी फैलनबारे रोक्नका लागि लगाइएको प्रतिबन्ध खुकुलो पारेपछि महामारीको दोस्रो लहर देखिएको छ र केही देशमा संक्रमितको संख्या पहिलेको भन्दा धेरै भएको छ ।

डब्ल्यूएचओका हेल्थ इमर्जेन्सी प्रोग्रामका कार्यकारी निर्देशक माइक रयानले संसारका १० प्रतिशत जनसंख्या कोरोनाभाइरसको चपेटमा आइसकेको अनुमान गरेका छन् ।

उनले भने, ‘यो संख्या अलग–अलग देशका हुन्, शहर र गाउँका र भिन्न भिन्न समूहको आधारमा भिन्न भिन्न छ ।’

‘तर यसको अर्थ यो हो कि संसारको एउटा ठूलो हिस्सा खतरामा छ । हामीलाई थाहा छ कि महामारी छिटो अन्त्य हुनेछैन तर हामीलाई यो पनि थाहा छ कि हामीसँग यो संक्रमण फैलन रोक्ने र जीवन बचाउने तरिका पनि छ ।’

विश्व स्वास्थ्य संगठनका निर्देशक जनरल टेड्रोस एडनहोनम गेब्रियाससले संसारभरी भिन्न भिन्न देशमा भाइरसले भिन्न–भिन्न तरिकाले असर पुर्याएको छ र यो महामारीसँग जुध्नका लागि सबै एकसाथ आउनुपर्छ ।

उनले भने, ‘यद्यपि, सबै देश यो भाइरसबाट प्रभावित भएका छन्, हामीले यो याद राख्नुपर्छ कि महामारीले कतै कम छ कतै बढी असर पारिरहेको छ । ७० प्रतिशत संक्रमित र मृत्यु १० देशमा दर्ता भएका छन् ।’

जोन होपकिन्स युनिभर्सिटीका अनुसार भाइरसले अहिलेसम्म १० लाखभन्दा बढीको ज्यान गइसकेको छ । अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । – बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप