शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रामेछापमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

मङ्गलबार, २० असोज २०७७, ०९ : ०१
मङ्गलबार, २० असोज २०७७

काठमाडौं – रामेछापको दोरम्बा  गाउँपालिका–४ सानो शैलुङमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

दुर्घटनामा परेर दोरम्बा–७ का चालक पेमा लामा र ट्याक्टरमा सवार ५५ बर्षिय फुर्वा दोर्जेको मृत्यु भएको रामेछापका डिएसपी बसन्त पाठकले रातोपााटीलाई बताए ।

सोमबार साँझ ना ७ त ८७३ नम्बरको ट्याक्टर सानो शैलुङ स्थित भित्री सड्कबाट २ सय मिटर तल खसेको थियो । 

काभ्रेको जिरोकिलोबाट डिजेल लिएर सो ट्याक्टर दोरम्बा गएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप