बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोना संक्रमणबाट धरानका ६४ वर्षीय पुरुषको निधन

मङ्गलबार, २० असोज २०७७, ०८ : २८
मङ्गलबार, २० असोज २०७७

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरारत एक कोरोनसंक्रमित पुरुषको मंगलबार बिहान निधन भएको छ । मृत्यु हुनेमा धरान–३ का ६४ वर्षीय पुरुष रहेका छन् ।

प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार गत असोज १२ गते उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।

उनलाई मधुमेहको समस्या रहेको र यअसघि टीबी रोग पनि लागेको अस्पतालले जनाएको छ । उनको शवको व्यवस्थापन नियमअनुसार गरिने डा. श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप