शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याटुको शौखिन हुनुहुन्छ ? सावधान !

मङ्गलबार, २० असोज २०७७, ०८ : ००
मङ्गलबार, २० असोज २०७७

यदि ट्याटु खोप्न सौखिन हुनुहुन्छ भने सावधान हुनुहोस् । यो शौखले तपाईंलाई मुटुसम्बन्धि खतरा बढाउन सक्छ । जर्नल अफ अप्लाइड फिजियोलोजीमा प्रकाशित अनुसन्धान अनुसार छालामा ट्याटु भएक कारण त्यसमा पसिना नियन्त्रण गर्ने क्षमता घट्ने गर्छ । जसका कारण शरीरको तापक्रम बढ्ने गर्छ । यसले हाइपोथर्मिया र हिट हार्ट अट्याकको खतरा बढाउन सक्छ । अनुसन्धानका अनुसार ट्याटु जति ठूलो हुन्छ त्यति नै खतरनाक हुनसक्छ ।

त्यसैले खतरा बढेको होः

अनुसन्धानका अनुसार छालाले पसिनाको मद्दतले शरीरमा तापक्रम नियन्त्रण गर्ने कोसिस गर्छ । यसमा शरीरमा पाइन् एक्क्रिन ग्रन्थीले मद्दत गर्छ । अनुसन्धानमा पाइए अनुसार ट्याटु बनाउने क्रममा छालामा प्रति मिनेट ३ हजार पंचर गर्न आवश्यक छ । यसको असर पसिना नियन्त्रण गर्ने ग्रन्थीमा हुनसक्छ ।

अर्को एउटा अनुसन्धानमा पत्ता लागेअनुसार ट्याटु भएको छालामा सोडियमको मात्रा अत्यधिक पाइन्छ जसले पसिना नियन्त्रण गर्ने ग्रन्थीको काममा बाधा पैदा गर्दछ ।

यस्ता खतरा पहिचान गरियोः

– अनुसन्धानमा यस्ता मानिसहरुलाई समावेश गरियो जसको हातको माथिल्लो र तल्लो हिस्सामा ट्याटु बनेको थियो । उनीहरुको हातमा कम्तीमा ५.६ वर्ग सेन्टिमिटरको ट्याटु थियो ।

– उनीहरुको शरीरमा पसिना पैदा गर्नका लागि परफ्यूजन सुट लगाउन लगाइयो । जसका कारण तापक्रम १२० डिग्री फरेनहाइटसम्म पुग्यो । अनुसन्धानको क्रममा ट्याटु भएको र सामान्य छालाको अनुसन्धान गरियो ।

– अनुसन्धाताले छालामा रक्त सञ्चार परीक्षण गर्नका लागि लेजर प्रविधिको प्रयोग गरे । यसमा छालामा ट्याटु हुँदा शरीरमा तापक्रम कायम राख्न समस्या देखियो ।

– ट्याटुका कारण पसिना कम आउँछ, त्यसैले शरीरमा तापक्रम बढ्ने गर्छ । यस्तोमा मानिसहरुमा हाइपोथर्मिया  (शरीरमा तापक्रम सामान्यभन्दा धेरै बढ्नु) र हिट हार्ट अट्याकको खतरा बढ्न सक्छ ।

– यो हृदयघात त्यतिबेला हुन्छ जब शरीरको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप