‘रूसमा नागरिकको लापर्वाहीका कारण कोरोना धेरै फैलियो’
एजेन्सी । रूसमा दिनप्रतिदिन कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढ्दै जानुमा नागरिकको लापर्वाही मुख्य कारण रहेको निश्कर्ष अधिकारीहरुले निकालेका छन् । राष्ट्रपति कार्यालय क्रेमलिनले दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक हुँदै जानुमा आम नागरिकको लापर्वाही गम्भीर कारण भएको निश्कर्ष निकालेको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्रि पेस्कोभले सोमबार दिएको जानकारी अनुसार आम नागरिकको आवतजावत र हेलचक्र्याइलाई गम्भीरताका साथ लिइएको छ । उनले आम नागरिकलाई कोरोनाबाट बच्ने उपायहरु अपनाउन र त्यसलाई वेवास्ता नगर्न अपिल गर्नुपर्नेमा जोड दिए ।
उनले पत्रकारहरुसँग भने, “सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न पटक पटक आह्वान गरिरहेको छ, तर आम नागरिकले सुनेनन्, त्यसैले सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढ्दै गएको हो ।” लकडाउनलाई पनि प्रभावकारी बनाउन नसकिएको बारेमा समेत राष्ट्रपति कार्यालयमा समिक्षा भएको उनले बताए ।
छलफलमा कार्यालयका विभिन्न विभागका प्रशासनिक अधिकारीहरु सहभागी भएको उनले जानकारी दिए । राष्ट्रपति कार्यालयका सवै विभागका अधिकारीहरुलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको उनको भनाई छ । रूसमा पछिल्लो २४ घण्टामा मात्रै दश हजार ८८८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै रुसमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या १२ लाख २५ हजार ८८९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि विकास रणनीति परिमार्जनबारे छलफल, किसानमैत्री रणनीति हुनुपर्नेमा जोड
-
सरकार जनताप्रति जिम्मेवार छ : प्रधानमन्त्री
-
निजगढ विमानस्थल निर्माणको काम सुरु नहुँदै एक अर्ब खर्च
-
कर्णाली डेभलपमेन्ट बैंकले निम्त्याएको प्रश्न– नेपालका बैंक तथा वित्तीय संस्थाको रिपोर्टिङ सही छ ?
-
अवैध उत्खननको आरोपमा खानी मुद्दा खेप्दै पाल्पा सिमेन्ट
-
‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी