बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विदेशीको नाममा फेसबुक आईडी, विवाह गर्छु भन्दै ठगी

सोमबार, १९ असोज २०७७, १९ : ३७
सोमबार, १९ असोज २०७७

काठमाडौँ । महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालको प्रयोग गरि लाखौं रकम ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका–११ की ३१ वर्षीय सीता भुसाल छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा विदेशी नागरिकको नाममा नक्कली आईडी खोलेर सीताले ठगी गर्ने गरेको महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले रातोपाटीलाई जानकारी दिए ।

सीताले Dr.james sonar  / James andy नामको आईडीबाट नेपालीलाई फ्रेन्ड रिक्वेस्ट पठाउने गर्थिन् । फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाई आफू लण्डनको नागरिक हो भनि परिचय दिई सीताले नेपाली नागरिकसँग कुराकानी गरेको खुलेको छ ।

कुराकानीको क्रममा सीताले विवाह गर्छु भनि विश्वास दिलाई ठगी गर्ने गरेको थापाले बताए ।

थापाका अनुसार जन्मदिनको अवसरमा सरप्राईज गिफ्ट पठाइदिन्छु भनि सुनको सिक्री, आइफोन र २० हजार डलर पठाएको छु भनि फोटो समेत पठाई प्रलोभनमा पारेर लाखौ रकम ठगी गरेको पाइएको छ । यद्यपि सीताले यति नै ठगेको खुलेको छैन ।

पक्राउ परेकी सीतामाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप