बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सहकारी शिक्षा अब पाठ्यक्रममा समावेश गरिने

सोमबार, १९ असोज २०७७, १९ : ०९
सोमबार, १९ असोज २०७७

काठमाडौं । वित्तीय सहकारी शिक्षा अब विद्यालयको पाठ्यक्रममा समावेश हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी क्षेत्रको वृद्धि विकास एवम् सुधारका लागि विद्यालय स्तरबाटै सिकाइको आवश्यकता रहेको बताउँदै अब औपचारिक पाठ्यक्रममा नै सहकारी विषय समावेश गरिने बताए । 

सोमबार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको नेतृत्वमा शिक्षा मन्त्रालय पुगेको सहकारी अभियन्ता तथा सहकारी सञ्चालकहरुको प्रतिनिधिमण्डलसँग सचिव मैनालीले यस्तो बताएका हुन् । सोही भेटका क्रममा सचिव मैनालीले आवश्यकताका आधारमा सहकारी विद्यालय सञ्चालनका लागि आवश्यक कानुन समेत संशोधन गर्न पहल गरिने प्रतिबद्धता समेत जाहेर गरे ।

हालै मात्र महालेखा नियन्त्रण कार्यालयबाट शिक्षा मन्त्रालय सरुवा भएका मैनालीलाई बधाई दिन महासंघका निवर्तमान अध्यक्ष केशव बडालसहित उपाध्यक्ष रमेशप्रसाद पोखरेल, महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाग सुव्वा लगायतको प्रतिनिधिमण्डल सोमबार शिक्षा मन्त्रालय पुगेको थियो ।  यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव समेत बनिसकेका मैनालीले सहकारी क्षेत्रलाई नजिकबाट बुझेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप