सिद्धार्थ बैंकद्वारा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई सहयोग
![सिद्धार्थ बैंकद्वारा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई सहयोग](https://rpcdn.ratopati.com/media/albums/Photo-Support_to_RHEST_6LXaVX0LEu.jpg)
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई दुई लाख ७९ हजार ५० रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस त्रिपुरेश्वरका अजय भण्डारीले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका अध्यक्ष कमला अधिकारीलाई हस्तान्तरण गरेका छन् ।
बैंकबाट प्राप्त उक्त रकम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले उल्लेखित आवश्यक परेका २० महिला विद्यार्थीहरूको शिक्षाका निम्ति प्रयोग गर्नेछ ।
देशका विभिन्न जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य, महिलाहरूको स्वास्थ्य सुधार र महिला शिक्षाका लागि कार्यरत हुंदै आइरहेको ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई बैंकले पुर्याएको सहयोगबाट महिला विद्यार्थीहरूको शिक्षामा केहि हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा
-
जनयुद्ध दिवसका अवसरमा समाजवादी कम्युनिष्ट पार्टीको शुभकामना
-
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको अभियोगमा महिला पक्राउ
-
गजुरी गाउँपालिकामा अध्यक्षले जनयुद्ध दिवसमा बिदा दिए, उपाध्यक्षले उल्ट्याइन्