जम्मु काश्मिरमा भारतीय सैनिकमाथि आक्रमण, २ जवानको मृत्यु
सोमबार, १९ असोज २०७७, १६ : ०७

एजेन्सी । जम्मु काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणमा २ भारतीय सैनिक (सीआरपीएफ)को मृत्यु भएको छ । पुलवाको पामपोर क्षेत्रमा भएको आक्रमणमा उनीहरु मारिएका हुन् । एक्कासि भएको आतंकवादी आक्रमणमा ५ जवान घाइते भएका थिए । घाइते ५ जनामध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइते अन्य ३ जवानको उपचार भैरहेको जनाइएको छ ।
आक्रमण पंपोर बाइपासमा सोमबार १२ बजेर ५० मिनेट जाँदा भएको थियो । सीआरपीएफको ११० औं बटालियन र जम्मु कश्मीर पुलिसको संयुक्त टोलीमाथि आतंककारी आक्रमण भएको जनाइएको छ । अहिले सो क्षेत्रमा आक्रमणकारीको खोजी जारी रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथारोहण, तस्बिरहरू
-
क्यानडामा मतदान सुरु, को को छन् दौडमा ?
-
९ सरकारी निकायको ५ अर्ब ९ करोड बराबरको बजेट ‘सरेन्डर’
-
राजेन्द्र लिङ्देनले भनेको प्रमाण के हो ? ‘नेताका छोरा’ खोज्दा भेटिए चुरोट चोरेर भाग्ने
-
स्पेन र पोर्चुगलका धेरैजसो भागमा विद्युत् आपूर्ति बन्द, रेल र हवाई यात्रा अवरुद्ध
-
‘पुनर्स्थापनाका थप काम सम्पन्न गर्न समय तोकेरै अगाडि बढ्न पहल गर्छौँ’