नेपाल क्लियरिङ हाउसबाट बाहिरिँदै स्मार्ट च्वाइस
सोमबार, १९ असोज २०७७, १४ : ४४
स्मार्ट च्वाइस लिमिटेडले नेपाल क्लियरिङ हाउसबाट हात झिक्ने भएको छ । त्यसका लागि उसले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउसको २ लाख ९८ हजार ८० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले मंगलबार (असोज २० गते) देखि प्रतिकित्ता न्यूनतम मूल्य ३ सय ५० रुपैयाँमा यो सेयर बिक्री गर्न लागेको हो ।
यसमा असोज २४ गतेभित्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, हात्तिसारमार्ग काठमाडौंमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । यसमा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यो सेयर खरिदका लागि क्लियरिङ हाउसका संस्थापकहरु, राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय संस्थाहरु वा सरकारी स्वामित्व रहेको विशेष ऐनद्धारा स्थापित बित्तीय संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै