शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शरीरलाई विभिन्न संक्रमणबाट बचाउने ४ प्राकृतिक ‘एन्टीबायोटिक्स’

सोमबार, १९ असोज २०७७, १० : ४९
सोमबार, १९ असोज २०७७

एजेन्सी – प्राकृतिक एन्टीबायोटिक्सले विभिन्न संक्रमणसँग लड्ने, चोटपटकबाट राहत दिने, विभिन्न रोगहरु लाग्नबाट बचाउने काम गर्छ । यस्ता प्राकृतिक रुपमा नै औषधिय गुण भएका खानेकुराहरुले शरीरलाई सुरक्षा दिने काम गर्छ । साथै, शरीरका भित्रि अंगहरुमा हुने संक्रमणबाट समेत बचाउँछ । त्यति मात्र होइन रोग प्रतिरोधात्मक क्षमता समेत बढाउँछ । 

विशेषज्ञका अनुसार प्राकृतिक एन्टीबायोटिक्सको प्रयोगबाट चिसो, ज्वरो, हाडजोर्नी दुख्ने समस्या, निमोनिया र अन्य संक्रमणबाट बच्न सकिन्छ । 

लसुन
लसुनमा भएको एन्टीब्याक्टेरिया गुणले शरीरलाई विभिन्न संक्रमणबाट बचाउँछ । जैतुनको तेलमा भिजाएको लसुन मिसाएर खानामा खाँदा निकै फाइदाजनक हुन्छ ।  एक दिन दुई दाना लसुन खानु फाइदाजनक हुन्छ । 

मह
मह घरेलु उपचारको लागि एकदमै महत्वपूर्ण खानेकुरा हो । यसमा प्राकृतिक एन्टीबायोटिक्स हुने भएकाले यसलाई चिनीको विकल्पको रुपमा प्रयोग गरेर चियामा समेत खाने गर्दा निकै फाइदा पुर्याउँछ । भने शरीरलाई विभिन्न संक्रमण हुनबाट सुरक्षा दिन्छ । 

बेसार
बेसारमा आश्चर्यलाग्दा फाइदाहरु हुन्छन् । यसमा पाइने करक्युमिनले प्राकृतिक एन्टीबायोटिक्सको काम गर्छ । करक्युमिनमा शक्तिशाली एन्टी अक्सिडेन्ट र सुन्निन कम गराउने विशेषता हुन्छ । यसले शरीरमा फ्रि रेडिकल्सका कारण हुने नोक्सानबाट बचाउँछ । बेसारले दिमागका नसाहरुलाई पनि र जोर्नीको दुखाई पनि कम गर्छ । यसको नियमित सेवन गर्नुस् । 

अदुवा
यसमा विभिन्न प्राकृतिक गुणहरु हुन्छ । यसमा पाइने तत्वले शरीरमा भित्री अंगहरु सुन्निन दिँदैन । वाकवाक लाग्ने, टाउको दुख्ने र एसिडिटीको समस्यामा अदुवाको प्रयोग फाइदाजनक हुन्छ । यसले खुट्टाहरु दुख्न पनि कम गर्छ । अदुवा, मह मिसाएर चिया बनाएर खाने गर्दा शरीरमा लाग्ने विभिन्न रोगहरुबाट बचाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप