शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाले जनतालाई धोका दिएको भन्दै राजधानी सार्ने प्रस्तावविरुद्ध उत्रिन काँग्रेस प्रमुख सचेतक खाणको आग्रह

सोमबार, १९ असोज २०७७, १० : २७
सोमबार, १९ असोज २०७७

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले प्रदेश ५ सरकारको राजधानी सार्ने प्रस्तावविरुद्ध शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गरी नेपाली काँग्रेस रुपन्देही लगायत अन्य विभिन्न व्यवसायिक संघ–संस्थाहरूले आह्वान गरेको शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन रुपन्देहीवासीलाई खाणले आग्रह हुन् ।

काँग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता खाणले प्रदेश सरकारले राजनीतिक पुर्वाग्रह राखि राजधानी सार्न खोज्नु आपत्तिजनक र रुपन्देहीवासीको भवाना विपरित रहेका उनको भनाइ छ । प्रदेश सरकारले राजधानी सार्ने उक्त प्रस्ताव संसदमा टेवल गरेलगत्तै काँग्रेसका कार्यकर्ताहरुले सडकमा उत्रिएर विरोध जनाइरहेका छन । काँग्रेसले आज प्रदेश सभा घेर्ने कार्यक्रम रहेको छ ।

भौतिक पूर्वाधारको पर्याप्त आधारशीलाका साथै सडक सञ्जाल र हवाई यातायातको सुगमता, त्यसै गरी शिक्षा, स्वास्थ्य, सञ्चार, आर्थिक, सांस्कृतिक एवम् पर्यटकीय दृष्टिकोण लगायत सुरक्षाको समेत समुचित प्रबन्धलाई आधार मानेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेको सरकारले २०७४ माघ ३ गते प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवललाई तोकेको खाणको दाबी छ ।


‘बुटवलमा प्रदेशको राजधानी सहजतापूर्वक सञ्चालन भइरहेको र प्रदेशका लागि आवश्यक भौतिक पूर्वाधार पनि बनिरहेका छन् । त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समेत अन्तिम चरणमा रहेको छ भने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको समेत निर्माण हुँदैछ । थप भौतिक पूर्वाधार निर्माण गर्न ज्यादै ठूलो बजेट नलाग्ने र आर्थिक भार पनि नहुने विषयलाई प्रदेश सरकारले नजरअन्दाज गरेकोमा दुःख व्यक्त गर्दछु,’ नेता खाणले भने ।

हालसम्म राज्यकोषबाट प्रदेश राजधानीका लागि भौतिक पूर्वाधारमा गरिएको लगानीको जिम्मेवारी कसले लिने हो भन्दै खाणँले प्रश्न गरे ।

उनले भने, ‘यस विषयमा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहान्छु ।’

नेता खाणले नेकपाले निर्वाचनका बेला राजधानीका नाममा दिएका झुटा आश्वासन अहिले आएर प्रमाणित गरेको र जनतालाई धोका दिएको टीप्पणी गरेका छ्न्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप