बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

के सञ्जय दत्तको स्वास्थ्य अवस्था बिग्रियो ? सार्वजनिक भयो यस्तो तस्बिर

सोमबार, १९ असोज २०७७, ०८ : ५०
सोमबार, १९ असोज २०७७

भारतीय अभिनेता सञ्जय दत्त क्यान्सरद्वारा ग्रसित छन् । हालै सोसल मिडियामा उनको एउटा तस्बिर सार्वजनिक भएको छ, जुन हेरेर थुप्रैले उनको स्वास्थ्य अवस्था बिग्रिएको आँकलन गरेका छन् । धेरैले उनको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । यीमध्ये एक प्रयोगकर्ताले लेखिन्, ‘बाबा निकै कमजोर देखिएका छन् । उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

सञ्जय दत्तको हैरान गरिदिने तस्बिरः

अर्का एक प्रयोगकर्ताले लेखे, ‘आशा गर्छु, उनी चाँडै नै निको हुनेछन् ।’ सञ्जय दत्त फोटोमा निकै कमजोर देखिएका छन् । यो फोटो अस्पतालका कर्मचारीमध्ये एकले उनीसँग खिचाएका हुन् । सार्वजनिक भएको फोटोमा सञ्जयको तौल निकै कम भएको देखिएको छ । यो फोटोमा उनको भिन्न स्वरुप देखिएको छ ।

 क्यान्सरको उपचार गराइरहेछन् नायकः

सञ्जयले गत अगस्ट ११ मा सोसल मिडियामा आफू केही समयका लागि उपचारका लागि छुट्टी लिन लागेको बताए । यद्यपि, अभिनेता र उनको परिवारको तर्फबाट उनको स्वास्थ्यबारे अहिलेसम्म कुनै आधिकारिक बयान सार्वजनिक भएको छैन । बलिउडका ट्रेड एनालिस्ट कोमल नाहटाले अभिनेता फोक्साको क्यान्सरसँग जुधिरहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप