शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘बेलायतमा सबैका लागि कोरोनाको भ्याक्सिन उपलब्ध हुनेछैन’

सोमबार, १९ असोज २०७७, ०८ : २६
सोमबार, १९ असोज २०७७

बेलायको भ्याक्सिन टास्क फोर्सका अध्यक्ष केट बिङ्घमले देशमा कोरोना भाइरसविरुद्धको खोप सबैका लागि उपलब्ध हुन नसक्ने बताएका छन् । फाइनान्सियल टाइम्ससँगको कुराकानीमा जोखिममा भएकाहरुलाई मात्रै खोप लगाइने उनले जानकारी दिए ।

‘१८ मुनिकाहरुलाई खोप लगाइने छैन । यो वयस्कहरुका लागि उपलब्ध खोप हो, ५० वर्ष माथिकालाई । तीमध्ये पनि स्वास्थ्य क्षेत्र र केयर होममा कार्यरत कर्मचारी र जोखिममा भएकालाई बढी प्राथमिकता दिइनेछ,’ बिङ्घमले पत्रिकासँगको अन्तरवार्तामा भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप