बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

रुसमा १५ मे पछि पहिलोपटक सबैभन्दा बढी कोरोना संक्रमित देखा परे

आइतबार, १८ असोज २०७७, २३ : २२
आइतबार, १८ असोज २०७७

एजेन्सी । रुसमा १५ मे पछि सबैभन्दा बढी कोरोना संक्रमितहरु फेला परेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ १० हजार ४९९ जना नयाँ संक्रमितहरु देखिएका छन् भने १०७ जनाको मृत्यु भएको छ । अहिले रुसमा संक्रमितहरुको कुल संख्या १२ लाख १५ हजारभन्दा  बढी पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या २१ हजार ३ सय ५८ पुगेको छ ।

पछिल्ला दिन राजधानी मस्को सबैभन्दा बढी प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । अक्टोबर ५ देखि देशका सबै निजी कम्पनीहरुलाई उनीहरुका ३० प्रतिशत कर्मचारीहरुलाई घरबाट काम गर्न अनुमति दिन भनिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप