अनसनरत डा.केसीको अवस्था गम्भीर, अक्सिजन दिन थालियो

काठमाडौं । २१ दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भिर बन्दै गएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसनरत डा.केसीको अवस्था थप जटिल बन्दै गएको उनको उपचारमा संलग्न डा. सुवास प्रसाद आचार्यले जानकारी दिएका छन् । आचार्यले जारी गरेको मेडिकल बुलेटिनका अनुसार डा.केसीको रगतमा अक्सिजनको मात्र निकै कम देखिएपछि उनलाई अक्सिजन दिन थालिएको छ । साथै केसीको श्वासको गति बढेको, चक्कर लाग्ने र अत्यधिक थकान हुनेलगायतका समस्या देखिएको बुलेटिनमा उल्लेख छ ।
त्यसैगरी डा केसीको रगतमा डब्लुबिसीको मात्रा निकै कम भएको र सुगरको मात्रा पनि कम भएको जनाइएको छ । अस्पतालले डा.केसीको अवस्था थप नाजुक हुँदै गएको जे पनि हुनसक्जे चेतावनी दिएको छ । स्वास्थ्यअवस्था निकै नाजुक हुँदै गएपनि डा. केसीले आफ्ना मागहरु पुरा नभएसम्म उपचार गर्न इन्कार गर्दै आएका छन् । केही दिनअघि जुम्लाबाट काठमाडौं आएका डा.केसीले सुरुमा प्रहरीले ट्रामा सेन्टरमा पुर्याएको थियो । डा.केसीले ट्रमा सेन्टरमा नबस्ने अडान लिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्याकरहरूले भेट्टाए टू फ्याक्टर अथेन्टिकेशन छल्ने तरिका
-
किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा