बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि ढुंगा प्रहार

काठमाडौँ । आइतबार साँझ नम्बर ५ प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार भएको छ । काठमाडौंबाट बुटवल जाँदै गरेको मुख्यमन्त्री पोखरेलको गाडीमाथि बुटवलको चौराहमा ढुंगा प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मुख्यमन्त्री पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार भएको जनाएको छ । प्रहरीले ढुंगा प्रहार गर्ने ६ जनालाई समेत पक्राउ गरेको छ ।
ढुंगा प्रहारबाट मुख्यमन्त्रीका अगुवा र पछुवा गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार भएपछि प्रहरीले केहि राउन्ड हवाई फायर समेत गरेको छ ।
अहिले घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मुख्यमन्त्री पोखरेललाई कांग्रेस कार्यकर्ताले कोटीहवा, मणिग्राम र शंकरनगर क्षेत्रमा कालो झण्डा देखाएका थिए । प्रदेश ५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेससहित रुपन्देहीका संघसंस्था आन्दोलित छन् ।
राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले आइतबार जिल्ला बन्द आह्वान गरेको थियो । बन्द आह्वानको बेला कडा सुरक्षाबीच मुख्यमन्त्री बुटवल आउँदै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा