सेल पेको दशैं अफर, ग्यापुमा सपिङ गर्दा हरेक दिन एक जनालाई १००% क्यासब्याक
आइतबार, १८ असोज २०७७, १९ : ११

काठमाडौं । ग्यापु डटकमबाट सामान किन्ने ग्राहकमध्ये दैनिक एक जनाले सेल पेको तर्फबाट १००% क्यासब्याक पाउने भएका छन् ।
ग्यापुसँगको सहकार्यमा भुक्तानी सेवा प्रदायक सेलकम प्रालीको सेल पे सेवाले आफ्ना ग्राहकहरुका लागि १००% क्यासब्याक योजना ल्याएको हो ।
दशैं तिहार धमाकाअन्तर्गत ग्यापुले विभिन्न कम्पनीसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो । ग्यापुको सहकार्यमा सेल पेले बम्पर उपहारपनि ल्याएको ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए ।
बम्पर उपहारमा एक/एक जना भग्याशाली ग्राहकले ओस्मो एक्सन र माभिक मिनि फ्लाई ड्रोन पाउनेछन् ।
सेल पे बाट भुक्तानी गरिसकेपछि ग्राहकको नम्बर आफैं उक्त अफरकोलागि रजिष्टर हुनेछ । योे योजना असोज १८ देखि २४ गतेसम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुदमा अदालतको आदेश विपरीत नियुक्ति प्रकरण, पर्शुराम बस्नेतले पठाए अदालतमा लिखित जवाफ
-
एमाले मोरङको जिल्ला अधिवेशन प्रभावित, चुनाव भोलि मात्रै
-
राजसंस्था फर्काउने भन्दै पोखरामा राप्रपाको मोटरसाइकल र्याली, तस्बिरहरु
-
क्यानडा र मेक्सिकोमा कर लगाएपछि अमेरिकी सेयर बजार ओरालो लाग्यो
-
ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
-
बोर्डमा ‘महिला चलचित्र महोत्सव’ सुरु