शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मुन्द्रेको कमेडी क्लब’मा करिश्माको इन्ट्री

आइतबार, १८ असोज २०७७, १९ : ०८
आइतबार, १८ असोज २०७७

काठमाडौं । सदबहार ब्युटी अभिनेत्री करिश्मा मानन्धर कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’मा देखिने भएकी छन् । अब प्रसारणमा आउने नयाँ भागबाट उनी शोमा देखिन लागेकी हुन् । शोमा उनी अध्यक्षको भूमिकामा देखिन लागेकी हुन् । जुन भूमिका यसअगाडि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला देखिँदै आएकी थिइन् ।

करिश्माले ‘मुन्द्रेको कमेडी क्लब’ आफु देखिन लागेको जानकारी दिएकी छन् । जीतु नेपालको आग्रहमा आफू शोमा आबद्ध भएको बताएकी उनले ‘शो’ मा अध्यक्षको भूमिका आफ्ना लागि नौलो भएको बताएकी छन् । लकडाउनका कारण बन्द भएको यो सो फेरि सुरु हुन लागेको हो । नेपाल टेलिभिजनबाट प्रशारण हुने शो शनिबार र आइतबार गरेर ४ भाग छायाँकन भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप