एनआइसीका ग्राहकलाई सुजुकीका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १५ हजार नगद छुट मिल्ने

person explore access_timeअसोज १८, २०७७ chat_bubble_outline0

काठमाडौं । एन आई सी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजी अटोमोबाइलबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार नगद छुट तथा तीन हजार नगद फिर्ता गरी कुल १५ हजार रकम छुट प्राप्त गर्ने समझदारी भएको छ । 

यस सम्बन्धमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष कुमार राठी तथा भिजी अटोमोबाइलका उप–महाप्रबन्धक धिरज भट्टराईले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजी अटोमोबाइलका शोरुमबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गरेमा १५ हजार रकम छुट प्राप्त गर्ने समझदारीपत्रमा उल्लेख  छ । यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुनेछ । 

जिटल बैंकिङ्गमा देशकै अग्रणी स्थानमा रहेको यस बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउँदै आएकोमा भिजी अटोमोबाइलसँगको यो सहकार्यले ग्राहकहरूको दुई पाङ्ग्रे सवारीको आवश्यकतालाई पूरा गर्न सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ । बैंकका ग्राहकहरूले क्रेडिट कार्ड उपभोग गर्नको लागि अनलाइनबाटै सहज रुपमा आवेदन दिन सक्ने व्यवस्था समेत गरेको छ । यसबाट ग्राहकहरुले जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्नेछन् । 

यस बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय रहेको महशुस गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न आकर्षक योजनाहरू सञ्चालन गर्दै आएको छ ।

यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।