शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नोकिया २.४ एआई—पावर्ड क्यामेराको साथ सार्वजनिकः २ दिनसम्मको ब्याट्री लाइफ र इमर्सिभ एचडी प्लस स्क्रीन

आइतबार, १८ असोज २०७७, १८ : १८
आइतबार, १८ असोज २०७७

काठमाडौं । एचएमडी ग्लोबल, होम्स् फर नोकिया फोनले आज नोकिया २.४ सार्वजनिक गरेको छ । नोकिया २ को अर्को जेनेरेशनले नाइट मोड र पोट्रेट मोड सहित एडभान्स इमेज सुविधा ल्याउँदछ जसले तपाईंको फोटोलाई अर्को स्तरमा पुर्याउन मद्दत गर्दछ । 

ठूलो ६.५ इन्च एचडी प्लस स्क्रीनका साथ लामो समयसम्म अधिक तस्वीरहरु हेर्न, सिक्न र केही नयाँ सृजना गर्न सकिन्छ । आधुनिक आवश्यकताहरु जस्तै फिंगरप्रिन्ट र फेस अनलकका साथ सहज पहुँच र थप सुरक्षाको लाभ लिन सकिन्छ । यसका साथै नोकिया २.४ एन्ड्रोइड प्रतिज्ञाहरुका साथ आउँदछ जसमा ३ वर्षसम्मको मासिक सेक्युरिटी अपडेट र २ वर्षसम्मको ओएस अपडेट छ जसको अर्थ यो एन्ड्रोइड ११ र १२ का लागि तयार छ ।

एआई इमेजिङ्गबाट फ्यूल्ड विस्तृत नाइट र पोट्रेट शट
कैद गर्न लायकका क्षणहरु दिनको उज्यालोमा मात्र हुँदैनन् । नाइट मोडमा एडभान्स इमेज फ्युजन र एक्पोजर स्ट्याकिङ्गका साथ नोकिया २.४ले अध्यारो अवस्थाहरुमा पनि जीवन्त विवरणहरु खिच्न अनुमति दिन्छ । पोट्रेट मोडको कस्टुम आकार र ब्लर ब्याकग्राउण्डका साथ रचनात्मकता बाहिर ल्याउन सकिन्छ । नयाँ पोट्रेट इडिटरका साथ तस्वीरहरु खिचेको लामो समयपछि पनि तत्काल शेयर गर्न योग्य बनाउन र  अनुपम शटका लागि रिफोकश र सम्पादन गर्न सकिन्छ ।

६.५ इन्चको स्क्रीनमा हेनुहोस्, सिक्नुहोस् र सृजना र दिर्घकालिन मनोरञ्जनको आनन्द लिनुहोस् 
सेल्फी नोचका साथ ठुलो एचडी प्लस डिस्प्लेले स्क्रीनलाई अधिकतम बनाउँछ, जसले आफ्नो लोकप्रिय शो मा डुब्न चाहनेहरुका लागि सुलभ मुल्यमा उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दछ । यसका साथै, नोकिया २ दायराबाट दुई दिनसम्मको ब्याट्री लाइफमा अटल रहदैं, नोकिया २.४ मा ४५०० एमएएच ब्याट्री छ जुन एकपटक चार्ज गर्दा दुई दिनसम्म टिक्छ, यसका लागि एआई—एसिस्टेड एडाप्टिभ ब्याट्रीलाई आभार जसले गर्दा तपाईंले धेरै समय फोनलाई होइन आफुलाई रिचार्ज गर्नका लागि बिताउन सकिन्छ । यसले कुन एप बढि प्रयोग हुन्छ भन्ने थाहा पाइन्छ र यसका लागि पावरलाई प्राथमिकता दिन्छ ताकि आफ्नो मनपर्ने सुविधाहरु धेरै समयसम्म प्रयोग गर्न सकिन्छ ।

फिनिश रुटबाट प्रेरित टाइमलेस डिजाइन, टिकाउका लागि निर्मित
नोकिया २.४ ले आधुनिक आवश्यक चीजहरु ल्याउँदछ, जस्तै सुविधाजनक फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलकको साथ छिटो र सजीलो पहुँच गर्न तपाईले आफ्नो फोन कसरी प्रयोग गर्नुहुन्छ भन्नेमा बहुउपयोगिता प्रदान गर्दछ । यसको फिनिश रुटहरूमा अटल रहँदै, नोकिया २.४ टिकाऊ डिजाइनमा आउँछ जुन केवल राम्रो देखिन मात्र नभएर टिकाउका लागि निर्मित छ । थ्रीडी न्यानो—टेक्स्चर्ड कभर तपाईंको हातमा सुरक्षित रूपले बस्छ र एक आश्चर्यजनक फिनिशका साथ यो नोर्डिक—प्रेरित रंगमा उपलब्ध छ । साथै, पोलीकार्बोनेट शेलको साथ डाइ—कास्ट धातु च्यासिसले तपाईंको फोनमा दृढता मिल्छ र तपाईंले नोकिया फोनबाट अपेक्षा गर्नुहुने आरामदायक महसुस गराउँदछ ।

एन्ड्रोइड ११—का लागि तयार स्मार्टफोनबाट लाभ लिनुहोस् 
नोकिया २.४ ले तपाईंलाई एक सुव्यवस्थित ईन्टरफेस र कुनै ब्लोटवेयर बिना एक उत्कृष्ट सफ्टवेयर अनुभव ल्याएर आफ्नो शुद्ध, सुरक्षित र अप—टु—डेट वाचा प्रदान गर्दछ । एन्ड्रोइड वन कार्यक्रमको एक हिस्सा, नोकिया २.४ मा तपाईले तीन बर्षको मासिक सुरक्षा अपडेट र दुई बर्षको सफ्टवेयर अपग्रेडका साथ नयाँ एन्ड्रोइड सुविधाहरू र सुरक्षाको मज्जा सुनिश्चित गर्दछ, ताकि तपाई आफ्नो फोनबाट अधिक समयको धेरै पाउन सक्नुहन्छ । साथै, आवाज वा समर्पित बटन द्वारा सक्रिय गुगल एसिस्टेन्टको सहयोगबाट जानकारी पहुँच गर्न अझ सजिलो छ । 

मूल्य र उपलब्धता
नोकिया २.४ ग्रे रंगमा २जीबी र्याम र ३२जीबी रोमका साथ आउँदछ । नोकिया २.४ अब नेपाली बजारमा रु. १४,५९९ मा दराज डट कम डट एनपी र सस्तो डिलमा उपलब्ध हुनेछ । 

आधिकारी वितरक 
नेपालका लागि नोकिया फोन को आधिकारी वितरक टेलि टक रहेको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप