सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा डिउटीमा खटिएका प्रहरीमाथि हातपात, २ जना पक्राउ

आइतबार, १८ असोज २०७७, १७ : २९
आइतबार, १८ असोज २०७७

भक्तपुर । डिउटीमा खटिएको प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा भक्तपुरबाट २ जना पक्राउ परेका छन् ।  शनिबार राति मध्यपुर ठिमी नगरपालिका-७ सिद्धिकालीबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा भक्तपुर सिद्धिकाली बस्ने नुवाकोट विदुर नगरपालिका-२ घर भएका ३३ वर्षीय जीवन मल्ल र भक्तपुर चाँगुनारायणण नगरपालिका-१ सरस्वतीखेल बस्ने ३६ वर्षीय सुदन रोक्का रहेका छन् । 
महानगरीय प्रहरी वृत्त ठिमीबाट डिउटीमा खटिएको प्रहरीलाई उनीहरुले मादक पदार्थ सेवन गरी हातपात गरी अभद्र व्यवहार गरेका थिए । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप