शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा बसभित्र सामूहिक बलात्कार, दुईजना पक्राउ

आइतबार, १८ असोज २०७७, १४ : १०
आइतबार, १८ असोज २०७७

काठमाडौं । भक्तपुरमा १७ वर्षीया किशोरीमाथि बसमा सामूहिक बलात्कार भएको छ । भक्तपुर नगरपालिका–८ कालाँचामा ३ जना युवाले किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् । रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा ३ जनाले सामूहिक बलात्कार गरेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी राजेश थापाले रातोपाटीलाई बताए । बलात्कारमा संलग्न दुई जनालाई प्रहरीले पक्रेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर  भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठ छन् । बलात्कारमा संलग्न अर्का एकजना आरोपी फरार छन् । घटनास्थलको रुपमा प्रयोग भएको बस नियन्त्रणमा लिइएको डिएसपी थापाले रातोपाटीलाई बताए ।

बलात्कारमा संलग्न आरोपी सो गाडीका स्टाफ हुन् । आरोपीहरुले किशोरीलाई रत्नपार्कबाट भक्तपुर लगेर बलात्कार गरेका थिए । ‘लठ्याउने औषधी खुवाएर’ आफुमाथि बलात्कार गरिएको किशोरीले प्रहरीसँग बताएकी छिन् । शनिवार साँझ ४ देखि ५ बजेसम्म बलात्कारको शिकार भएकी किशोरी त्यहँबाट फुत्केर प्रहरीकहाँ पुगेकी थिईन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप