केन्द्रीय संस्करण

नेपालमा मोदी र नवाजले गोप्य बैठक गरेको पाकिस्तानी अधिकारीको दाबी

person explore access_timeअसोज १८, २०७७ chat_bubble_outline0

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार शाहबाज गिलले पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज सर्रिफ र भारतीय प्रधानमन्त्रीबीच नेपालमागोप्य भेट भएको दाबी गरेका छन् । उनले नवाज सर्रिफ भारतसँग मिलेको आरोप लगाए ।  ‘यो भन्न सक्दिन कि नवाज सर्रिफ पाकिस्तान विरोधी हुन् । तर उनी एक संर्किण सोचका व्यापारी हुन् । के पाकिस्तानी व्यापारीले भारतीय प्रधानमन्त्रीसँग भेट्छ । नवाजले आफु प्रधानमन्त्री छँदा नेपालको राजधानी काठमाडौंमा मोदीसँग गोप्य भेटघाट गरेका थिए । उनले यस भेटको जानकारी विदेश मन्त्रालयलाई पनि दिएका थिएनन् ।’

सर्रिफविरुद्ध बेलायतमा पक्राउ पुर्जी जारी गराउने ईमरान नेतृत्वको पाकिस्तान सरकारको योजनामा अहिले झट्का लागेको छ । बेलायतले पाकिस्तानको आन्तरिक राजनीतिसँग जोडिएका विषयमा दख्खल दिन नमिल्ने जानकारी पाकिस्तानी अधिकारीलाई गराएको छ ।  गिलले भारतीयहरुसँग नवाज सर्रिफको व्यापारिक सम्बन्ध रहेको दाबी गरेका छन् । उनका अनुसार केही दिनअघिमात्रै लण्डनस्थित एक देशको दूतावासमा सर्रिफले भारतीयसँग बैठक गरेका थिए । दुई दिनअघि मात्रै इमरान खानले भारतसँग मिलेर पाकिस्तानी सेनालाई कमजोर बनाउने कोसिसमा सर्रिफ लागेको आरोप लगाएका थिए । 

लण्डनमा छन् नवाज 
७० वर्षीय नवाज सर्रिफ गत वर्षको नोभेम्बरदेखि लण्डनमा उपचार गराइरहेका छन् । लाहोर हाईकोर्टले उनलाई केवल चार हप्ताका लागि देशबाहिर जान अनुमति दिएको थियो, तर उनी अहिलेसम्म फर्किएका छैनन् । अदालतले बारम्बार आदेश गर्दा पनि नवाज सुनुवाईका लागि पेश भएनन् । जसकारण, उनलाई भगौडा घोषित गरियो । अदालतले लण्डनस्थित पाकिस्तानी दूतावासमार्फत कुटनीतिक पहल गरेर सर्रिफविरुद्ध पक्राउ पुर्जी जारी गर्न विदेश मन्त्रालयलाई आदेश दिएको थियो । 

भ्रष्टाचार मुद्दामा पाकिस्तानको सर्वोच्च अदालतले २०१७ मा दोषी ठहर गरेपछि नवाजले प्रधानमन्त्री पदबाट राजिनामा गरेका थिए । २०१८ मा पाकिस्तानी सर्वोच्च अदालतले उनले कुनै पनि सार्वजनिक पद धारणा गर्न नमिल्ने तथा १० वर्ष जेल बस्नुपर्ने फैसला सुनाएको थियो । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.