रोनाल्डोको मेहनत– प्रशिक्षणमा चाँडो आउँछन्, ढिला फर्कन्छन्
![रोनाल्डोको मेहनत– प्रशिक्षणमा चाँडो आउँछन्, ढिला फर्कन्छन्](https://rpcdn.ratopati.com/media/albums/cristiano-ronaldo-andrea-pirlo-juventus-2020-21_1tp7i80lc9eu31bf6cz1yi12mt_gAIJxCTNjU.jpg)
एजेन्सी । क्रिष्ट्रियानो रोनाल्डो निकै मेहनती छन् । त्यसैले त ३५ वर्षको उमेरमा पनि उनी उस्तै उत्कृष्ट छन् । विगतमा सर एलेक्स फर्गुसन, कार्लो एन्सिलोट्टी, जिनेदिन जिदान लगायत प्रशिक्षकहरुले उनको मुक्तकण्ठले प्रशंसा गर्ने गरेका थिए । अहिले आन्द्रे पिर्लो उनका प्रशंसक बनेका छन् ।
पिर्लोले युभेन्टस्का यी स्टार फुटबलर अझै लामो समय लयमै रहने विश्वास व्यक्त गरेका छन् । यस सिजन र रोनाल्डोले इटालियन सिरिएमा केवल दुई खेलमा तीन गोल र एक एसिस्ट गरिसकेका छन् । नापोलीविरुद्ध आइतबार हुने खेलअघि मुख्य प्रशिक्षक पिर्लोले उनको प्रसंशा गरेका हुन् । ‘रोनाल्डो निकै मेहेनती छन् । उनी सबैभन्दा पहिले ट्रेनिङमा आउँछन् । अनि, टे«निङ सकेर अन्तिममा मात्रै फर्कन्छन् । उनीसँग गहिरो लगाव छ,’ पिर्लोले भने,‘उनले निकै शान्दार रुपमा सिजन सुरु गरेका छन् र मलाई आशा छ, अन्त्यसम्म पनि उनले यसरी नै खेल्नेछन् । उनी सबैका लागि उदाहरण हुन् ।’
युभेन्टस् र नपोली दुबै क्लबका केही खेलाडीहरुमा कोरोना भाइरस देखिए पनि दुईबीच तय भएको खेल निर्धारित समयमै आयोजना हुन लागेको हो । यता, युरोपेली च्याम्पियन्स लिग फुटबलमा रोनाल्डोको युभेन्टस्ले लियोनल मेसीको बार्सिलोना, डायनामो किभ र फेरेनकाभारोससँग समूह जीमा प्रतिस्पर्धा गर्दैछ । र, चुनौतीका लागि पिर्लो तयार छन् । युभेन्टसले पछिल्लोपटक १९९६ मा च्याम्पियन्स लिग जितेको थियो ।
त्यसयता, ५ पटक फाइनल पुगेर पनि यो उपाधि जित्न सकेको छैन । त्यसैले यसपटक युभेन्टस् सिरिए उपाधीसँगै च्याम्पियन्स लिग पनि जित्न चाहन्छ । च्याम्पियन्स लिगमा युभेन्टसको पहिलो खेल २० अक्टुबरमा किमविरुद्ध हुनेछ । ‘हामी निकै कडा समूहमा छौं । बार्सिलोनासँग खेल्नु सधैं महत्वपूर्ण छ किनकि यसले हाम्रो खेलाडीहरुमा धेरै जिम्मेवारी बढाउँछ,’ उनले भने, ‘हामीलाई थाहा छ, हामीले धेरै खेल खेल्नेछौं । तर मलाई लाग्छ, पहिलो खेल किभमा खेल्न पाउनु राम्रो हो, किनकि त्यहाँ डिसेम्बरको तुलनामा अक्टुबरमा कम जाडो हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रादेशिक आमसञ्चार विधेयक सहमति मै पारित हुन्छ : मुख्यमन्त्री कार्की
-
आफैले उठाएको ‘डमी’ उम्मेदवारसँग चुनाव हारे रुसका मेयर
-
लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहित अन्तरप्रदेश समन्वय बैठक बस्दै
-
राम मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
-
पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर
-
नेपाल र भारतबिच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति