जर्मन एकीकरणको तीस वर्ष, मर्केलले भनिन्ः पूर्वी र पश्चिम जर्मनीबीच देखिएका मतभेद तोड्नुपर्छ

बर्लिन । जर्मनीले शनिबार कोरोनाभाइरस महामारीबीच संक्षिप्त कार्यक्रम गरी दुई जर्मनीबीचको पुनर्मिलनको उत्सव मनाएको छ । बर्लिनबाट करिब २५ किलोमिटर दक्षिण पश्चिममा पर्ने पोट्सड्याम शहरमा आयोजित समारोहमा राष्ट्रपति फ्रान्क–वाल्टर स्टेनमेयर र चान्सलर एन्जेला मर्केल सहभागी भएका थिए ।
दोस्रो विश्वयुद्ध पश्चात् शीतयुद्धका चार दशकसम्म अलग रहेका पूर्वी र पश्चिम जर्मनी सन् १९९० मा एकीकृत भएका थिए । “हामी शीतयुद्धको अन्त्य र नयाँ युगको आरम्भका दिनहरु आज पुनः स्मरण गर्दैछौं,” स्टेनमेयरले बताए । उनले अगाडि भने, “आज हामी एउटा सर्वोत्कृष्ट र एकीकृत जर्मनीमा बाँचिरहेका छौं।”
स्टेनमेयरले जर्मनी विगत ३० बर्षको अवधिमा पुनर्मिलन र आप्रवासनका कारण धेरै विविधतापूर्ण भएको बताए । उनले क्षेत्र र धर्मका मतभिन्नतालाई परित्याग गरेर अझ सुदृढ एकताका लागि आह्वान गरे ।
कार्यक्रममा बोल्दै चान्सलर मर्केलले जर्मनीका प्रत्येक नागरिकले विशिष्ट साहस र उत्साहका साथ अघि बढ्नुपर्ने समय आएको बताइन् । उनले भनिन्– “कोरोनाभाइरसको महामारी बेलामा नयाँ उत्साह चाहिएको छ, पूर्व र पश्चिम जर्मनी बीचमा रहेका कतिपय मतभेदलाई तोड्नुपर्नेछ ।”
यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले पुनर्मिलनका अवसरमा ट्वीट गर्दै जर्मन जनतालाई बधाई दिएका छन् । उनले भनेका छन, “जर्मनी ३० वर्षअघि पुनर्मिलन भएको थियो, जसले युरोपियन पुनर्मिलनको बाटो खोलेको थियो । आज हामी प्रजातन्त्र र प्रगति, हाम्रो सार्वभौमिकता र युरोपियन ऐक्यवद्धतालाई थप अघि बढाउँदैछौं ।”
अमेरिका र तत्कालीन सोभियत संघबीच दशकौं लामो शीतयुद्धको अवधिमा जर्मनी पूर्वी (जर्मनी) र पश्चिम (जर्मनी) का रुपमा विभाजित थियो । तर सन् १९८९ नोभेम्बर ९ मा जनताले बर्लिन पर्खाल ढालेसँगै दुई जर्मनीबीच पुनर्मिलनको बाटो खुला भएको थियो । त्यसपछि सन् १९९० अक्टोबर ३ मा जर्मन पुनर्मिलन सन्धिमा हस्ताक्षर भएको थियो । त्यसबेलादेखि, जर्मन एकता दिवसलाई देशको राष्ट्रिय विदाको रूपमा मनाइन्छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?