घामको एलर्जी, डन्डिफोरको दाग हटाउन बेसार

एजेन्सी – स्वास्थ्यका लागि बेसार निकै फाइदाजनक मानिन्छ । मसलाको रुपमा प्रयोग गर्ने बाहेक बेसारका थुप्रै फाइदाहरु छन् । यसको प्रयोग छालालाई सुन्दर देखाउका लागि पनि गर्न सकिन्छ ।
छालाको लागि फाइदाजनक
अनुहार र छालामा चमक बढाउन बेसारको प्रयोग गरिन्छ । बेसारमा छालाका लागि फाइदा पुर्याउने थुप्रै गुणहरु पाइन्छ । प्राकृतिक गुणका कारण यसको महत्व निकै धेरै छ । बेसारमा पाइने करक्यूमिनका कारण शरीरका भित्रि अंग सुन्निएमा, छालामा सोरायसिस, एलर्जी, चाँया आदिलाई निको पार्ने काम गर्छ । यसका साथै, अक्सीकरण घटाउन पनि अहम योगदान पुर्याउँछ ।
डन्डिफोरको दाग, धब्बा हटाउन
तनावको प्रतिक्रिया र अक्सिकरण घट्दा शरीरका घाउहरु निकै छिट्टो निको हुन्छ । यसलाई घाउ भएको ठाउँमा लगाउँदा घाउ निको हुन्छ । एक अनुसन्धानका अनुसार बेसारमा ‘अल्ट्राभ्वाइलेट रे’ को असर कम गराउँने क्षमता हुन्छ । यसमा एन्टी अक्सिडेन्ट्सको मात्रा भरपुर हुने भएकाले गर्मीका कारण अनुहारको छालामा आउने विभिन्न समस्याको समाधान गर्न सहयोग पुर्याउँछ ।
यसैगरी, अनुहारमा जलन, डन्डिफोरको दाग आदि भएमा बेसारले निको बनाउन मद्दत गर्छ । जसको छाला संवेदनशील छ तिनीहरुका लागि बेसार फाइदाजनक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षक र पत्रकारमाथि गरिएको प्रहरी दमन खेदजनक : जनार्दन शर्मा
-
घाइते शिक्षकहरूको निःशुल्क उपचार गरिने
-
शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा पत्रकारमाथि आक्रमण : अनलाइन टिभी पत्रकार सङ्घको खेद
-
सगरमाथा चढ्ने तयारीमा रहेका असई सत्याललाई प्रधानमन्त्रीको बिदाइ
-
रोस्टममा पुगेका सांसदले अर्कै विधेयकको नाम पढेपछि...
-
शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनु सरकारको कुशासनको उदाहरण : शेखर कोइराला