बाँकेमा कोरोनाबाट सुत्केरीको मृत्यु

राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक सुत्केरीको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । भीमदत्त नगरपालिका २ महेन्द्रनगर कञ्चनपुर निवासी २९ वर्षीया सुत्केरीको आज उपचारकै क्रममा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठकाअनुसार सेती अस्पताल धनगढीमा जुम्ल्याहा सन्तान जन्माएपछि उच्च रक्तश्रावका कारण पाठेघरको शल्यक्रिया गर्नाका साथै आठ पिन्ट होल रगत र चार पिन्ट प्लेटीलेस रगत दिँदा पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा सिफारिस गरिएको थियो ।
सेती अस्पतालको प्रयोगशालामै यही असोज १४ गते गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएकोे सिफारिशपत्रमा उल्लेख छ । असोज १५ गते अपराह्न ४ बजे शिक्षण अस्पतालमा भर्ना हुँदा बिरामीको अवस्था जटिल र बेहोस रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।
बिरामीको अवस्थानुसार गरिनुपर्ने सबै प्रकारका उपचार गर्दा समेत अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको उनले बताए । यससँगै बाँकेका अस्पतालमा बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । बाँकेका मात्रै २० जनाको कोेरोना सङ्क्रमणका कारण मृत्यु भइसकेकोे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि पक्राउ : प्रहरी ज्यादती भएको भन्दै रास्वपाले बुझायो आयोगलाई ज्ञापनपत्र
-
अछाम आगलागी पीडितलाई प्रदेश सरकारको ५० लाख सहयोग
-
बाराबाट २ किलो भन्दा बढी अफिमसहित एकजना पक्राउ
-
‘पिताम्बर’ र ‘कर्माले कति पायो शोज ?
-
चीनको एक नर्सिङ होममा भीषण आगलागी, २० जनाको मृत्यु
-
अमेरिकाले ९ लाख आप्रवासीको अनुमतिपत्र रद्द गर्यो, तुरुन्तै देश छोड्न आदेश