केन्द्रीय संस्करण
अर्थतन्त्र

‘लघुवित्तको पुँजी वृद्धि गर्ने छनकले मर्जरमा जान पार्टनर खोजिरहेका छौँ’

ग्लोबल आईएमई लघुवित्तका सीईओ किरण कुँवरसँगको अन्तरवार्ता

person explore access_timeअसोज १८, २०७७ chat_bubble_outline0

लघुवित्तमा अहिले मर्जरको लहर चलेको छ । चुक्तापुँजी पु-याउन मर्जरमा जान थालेका छन् । यता बैङ्कहरूलाई जस्तो लघुवित्तलाई पुँजी वृद्धिमा सहज छैन किनभने राष्ट्र बैङ्कले हकप्रद सेयर र एफपीओ निष्काशनमा बन्देश लगाएको छ । आईपीओ र बोनस सेयरबाट मात्र पुँजी वृद्धि गर्न सकिने अवस्था कतिपयको छैन । अर्कोतर्फ लघुवित्तहरूको क्यापिटल एडुकेसी (पुँजी पर्याप्तता)  पनि केही टाइट हुँदै गएको छ । बाह्रै महिना न्यूनतम पुँजीकोष पु¥याउन नसक्ने लघुवित्तले लाभांश बाँड्न नपाउने राष्ट्र बैङ्कको प्रावधान छ । यसले लघुवित्तको बिजनेसमा समस्या परेको छ । यस्तै मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा पुँजी वृद्धिको विषय राखिने आँकलन कतिपय लघुवित्तको छ । यसले पनि उनीहरू अहिलेदेखि नै मर्जरमा जान पार्टनर खोजिरहेका छन् । लकडाउनले प्रभावित लघुवित्त क्षेत्र बल्ल लगानी विस्तारमा जुटेका छन् । मर्जरका लागि पार्टनर खोजिरहेको ग्लोबल आईएमई लघुवित्तले त कमिटी नै खडा गरिसकेको छ । उचित पार्टनर पाए मर्जरमा जाने तयारीमा रहेको ग्लोबल आईएमई लघुवित्तका सीईओ किरण कुँवरसँग रातोपाटीका लागि एलिजा उप्रेतीले  मर्जर, लघुवित्तको अवस्था, राष्ट्र बैङ्कको निर्देशनको प्रभावका विषयमा केन्द्रित रहेर कुराकानी गरेकी छन् । प्रस्तुत छ सीईओ कुँवरसँगको कुराकानीको अंशः

कोरोना महामारीपछिको लकडाउन र निषेधाज्ञाले लघुवित्तलाई पनि प्रभावित ग-यो, अहिले खुला भएसँगै लघुवित्तको लगानी विस्तार हुन थालेको हो ?

असोज १ देखि सहज भएको छ । हाम्रै ग्लोबल आईएमई लघुवित्तको कुरा गर्नुहुन्छ भने भदौमा सबै शाखा बन्द भए । चैत, वैशाख, जेठ असार पनि प्रभावित बन्यो । साउनमा केही सहज भयो । अहिले पनि कोरोनाको सङ्क्रमण बढिरहेको छ । चाडवाडका सिजन पनि आइरहेको छ । लकडाउनमा माइनसमा गएको लघुवित्तको विजनेस  असोज १ देखि लगानी विस्तार हुन थालेको छ । चैतअघिसम्म ४ अर्बको विजनेस रहेकोमा घटेर साढे ३ अर्बमा आयो । अहिले फेरि बिजनेस विस्तारै बढ्न थालेको छ । बिजनेस बढेर ३ अर्ब ७० करोड पुगेको छ यसबाट देखिन्छ लगानी विस्तार हुँदैछ  ।

राष्ट्र बैङ्कले हकप्रद सेयर  दिएर पुँजी बढाउन पाइँदैन भनेको छ । यो भनेको पुँजी वृद्धिका लागि मर्जरमा नगई उपाय छैन । भोलि राष्ट्रिय स्तरको लघुवित्त हुन ५० करोड रुपैयाँ चुक्तापुँजी चाहिन्छ भन्यो भने सबैलाई हतारो हुन्छ

तर कोरोना महामारीकै बीचमा ग्लोबल आईएमई लघुवित्तले नाफा कमाएको प्रतिवेदन सार्वजनिक गर्न कसरी सफल भयो ?

हेर्नुस् कोरोना आउँछ भन्ने कसैलाई थाहा थिएन । पुससम्म सबैले राम्रै कारोबार गरे । माघ र फागुनमा पनि राम्रै कारोबार भयो । चैत महिना मात्रै हो बन्द भएको । चैत १ महिनाले गर्दा आम्दानी र खर्चलाई म्यानेज गर्न समस्या भयो । पहिला १३ प्रतिशतमा लिएर १८ प्रतिशत ब्याजदरमा लगानी गरेका थियौँ । सरकारले वैशाख, जेठ, असारमा ३ प्रतिशत घटाउ भन्यो  र चैतमा १० प्रतिशत छुट पनि देऊ भन्यो  । तपाईंले भनेजस्तो नाफा कसरी ग¥यो भने पहिलो ६ महिनामा राम्रो लगानी विस्तार हुँदा समग्र वर्षमै नाफा बढेको देखियो । गत वर्ष ६÷७ करोड नाफा थियो । तर अहिले पुससम्म लगानी गरेको रकमले अघिल्लो वर्षभरि कमाउने नाफा कमायो । १०÷१५ प्रतिशत नाफा भनेको सामान्य हो ।

पछिल्लो समय लघुवित्तमा मर्जरको चर्चा छ । तपाईंहरूले पनि मर्जर कमिटी बनाउनु भएको छ  । मर्जरको काम कति अघि बढ्यो ?

राष्ट्र बैङ्कले हकप्रद सेयर  दिएर पुँजी बढाउन पाइँदैन भनेको छ । यो भनेको पुँजी वृद्धिका लागि मर्जरमा नगई उपाय छैन । भोलि राष्ट्रिय स्तरको लघुवित्त हुन ५० करोड रुपैयाँ चुक्तापुँजी चाहिन्छ भन्यो भने सबैलाई हतारो हुन्छ । त्यही भएर अहिलेदेखि नै मर्जरमा जान लघुवित्तहरू खोजिरहेका छन् । राष्ट्र बैङ्कले बचतको ६/७ प्रतिशतभन्दा बढी क्यास लाभांश दिन पाइँदैन भनेको छ । प्रायः लघुवित्तको क्यापिटल एडुकेसी टाइट भएको छ । अहिले हाम्रो लगभग २६ करोड रुपैयाँ  चुक्तापुँजी छ  तर पनि हामीलाई बिजनेस गर्न गाह्रो छ । यस्तै ग्लोबल आईएमईको क्यापिटल एडुकेसी ११ प्रतिशत छ । बिजनेस बढाउँदा ८ मा झ¥यो भने समस्या हुन्छ ।  मर्जर कमिटीले संस्था खोज्नेक्रम जारी छ ।

तपाईंहरूको धेरै संस्थासँग मर्जरको कुरा चल्यो तर भएन, उनीहरूलाई अर्कै संस्थाले लगिसक्यो । खासमा कस्तो पार्टनर चाहिएको हो ?

क्यापिटल एडुकेसीलाई सेभ गर्न पुँजी बढाउनुपर्छ । पुँजी पर्याप्तता कम भयो भने बोनस बाँड्न पाइँदैन । शाखा विस्तार गर्न पाइँदैन । कतिपयको पुँजी पर्याप्तता ८ प्रतिशतमा आइसकेको छ । मर्जरमा कस्तो संस्था खोज्नेभन्दा पनि हामी सहायक कम्पनी हौँ । ५१ प्रतिशतभन्दा कम पुँजी संरचना नहुने गरी खोजिरहेको हो । धेरै पहिला धेरै संस्थालाई हामीले अफर ग-यौँ । जनकपुर लघुवित्तसँग, ग्रामीण स्वयंसेवकसँग, सहकार्य, सजिलो लघुवित्तसँग कुरा गरेको हो तर मिलेन । सबैले १ः१ नै खोजे । हामीले स्वाप रेसियो र डीडीए मूल्याङ्कनबाट जाऔँ भन्यौ तर मानेनन् । ‘लैजाऊ’ र ‘लेऊ’ भन्ने शब्द नै फरक पर्ने रहेछ । एक वर्षभित्र एउटा संस्था लिने  विचारमा छौँ ।

यो वषैभित्र मर्जरमा जान त कुनै न कुनै संस्थासँग कुरा भइरहेको होला नि ?

बजारमा एउटा हल्ला छ, जहाँ हाम्रो कुरा भएको नै छैन । सबैको लघुवित्त ग्लोबल आईएमईमा गाभिँदैछ भन्ने हल्ला चलेको छ तर उसँग हाम्रो कुरा भएकै छैन । पार्टनर खोज्न नै समस्या भइरहेको छ । बाध्यात्मक अवस्था नआए मर्जर आक्रामक हुँदैन ।

राष्ट्र बैङ्कले पुँजी बढाउँदै छ भन्ने सङ्केत तपाईंहरूलाई दिइसकेको हो र ? जसले मर्जरमा जान हतारो गर्दै हुनुहुन्छ ?

पुसमा राष्ट्र बैङ्कले मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा हुँदा राष्ट्रिय स्तरको  ५० करोड पुग्छ भन्ने हल्ला छ । अहिले कोरोनाको कारण पुँजी वृद्धिको उठान नगरिएको हो । लघुवित्तको पुँजीवृद्धिको विषयमा राष्ट्र बैङ्कमा टिप्पणी उठेको छ भन्ने सुनेको छु । अहिलेको परिस्थितिमा चुक्तापुँजी निकै राम्रो छ हाम्रो । यदि बजार हल्लाजस्तै पुँजी वृद्धि गरिदियो भने समस्या पर्छ । त्यसकारण पहिले नै बलियो भएर रहन हामीले खोजेका हौँ ।

हाम्रो योजनाअनुसार बिजनेस बढाउनुप-यो भने एउटा संस्था त लिनैपर्छ । हकप्रद दिएर ५२ करोड पु¥याउने पोहोरदेखिकै योजना हो तर राष्ट्र बैङ्कले हकप्रद दिन बन्देज लगायो । राष्ट्र बैङ्कले सङ्ख्या घटाउ ३० वरिपरि ल्याउ भनेको छ ।

राष्ट्र बैङ्कले ऋणको ब्याजदर घटाउँदा त्यसको असर देखिन थालेको हो ?

लघुवित्तहरूले १८ प्रतिशत ब्याजमा लगानी गरिरहेको अवस्थामा १५ प्रतिशतभन्दा बढी लिन नपाउने भनेको छ । यसमा ओहो अब खत्तम भयो, कमाइ हुँदैन भन्नेहरू पनि थिए तर हामीलाई समस्या छ्रैन  । अहिले बैङ्कले दिने ऋण निकै कममा पाइरहेका छौँ । हामीले १५ मा होइन १३ प्रतिशतमा लगानी गरेका छौँ । साना ऋणीलाई बढीमा ३० हजारसम्मको कर्जा १३ प्रतिशतमै दिएका छौँ । कस्ट अफ फन्ड र बरोइङ घटेपछि ग्राहकहरूलाई फाइदा छ । सेवा शुल्क हामीले १ प्रतिशत लिएका छौँ । राष्ट्र बैङ्कले १.५ प्रतिशतसम्म लिन पाउने प्रावधान गरेको छ । साना साना उद्यमी प्रवद्र्धनका लागि १३ प्रतिशतमा ऋण दिएका हौँ ।

सबैभन्दा पहिला लघुवित्तहरू असुरक्षित छन् । कर्मचारीहरू किस्ता लिएर आउँदा मारिएका, लखेटिएका छन् । तर यसको सुरक्षामा राष्ट्र बैङ्कले ध्यान दिएको छैन । डोल्पामा किस्ता उठाएर आएको हाम्रै कर्मचारी झण्डै लुटिए । विकट गाउँमा जाँदा समस्या छ । तराईतिर (२ नम्बर प्रदेश) कोरोनाले गर्दा ऋण तिर्न नपरे हुन्थ्यो जस्तो गरिरहेका छन् ।

बाह्रै महिना न्यूनतम पुँजीकोष नहुनेले लाभांश बाँड्न नपाउने भनेको छ । तपाईंले अघि पनि भन्नुभयो लघुवित्तलाई पुँजीकोष जोगाउन समस्या परेको छ । राष्ट्र बैङ्कको यो निर्देशनलाई कसरी लिनुहुन्छ ?

माइक्रो फाइनान्सलाई अहिले शतप्रतिशत जोखिम छ  । पहिला जस्तो ग्रुप ग्यारेन्टी छैन । पहिला सामूहिक जमानीबाट लगानी बाहिरिएको छ । समूहमा बस्न नचाहने किनकि ऊ भाग्यो भने मैले कसरी तिर्नु भन्ने सोचाइ बढेकाले अलि समस्या छ । चेतनाको वृद्धि, अर्काको जोखिम नलिने हुँदा सामूहिक ग्यारेन्टी बस्न चाहँदैनन् ।  अहिलेको परिस्थितिमा पुँजीकोष अलिकति कम गरिदिए हुन्छ । अहिले चैतदेखिको किस्ता आएको छैन । सधैँ ८ प्रतिशत भनेर बस्नुभन्दा त्यसलाई समयअनुसार परिवर्तन गर्नु जरुरी छ ।

लघुवित्त क्षेत्रमा देखिएका समस्या के छन् ?

सबैभन्दा पहिला लघुवित्तहरू असुरक्षित छन् । कर्मचारीहरू किस्ता लिएर आउँदा मारिएका, लखेटिएका छन् । तर यसको सुरक्षामा राष्ट्र बैङ्कले ध्यान दिएको छैन । डोल्पामा किस्ता उठाएर आएको हाम्रै कर्मचारी झण्डै लुटिए । विकट गाउँमा जाँदा समस्या छ । तराईतिर (२ नम्बर प्रदेश) कोरोनाले गर्दा ऋण तिर्न नपरे हुन्थ्यो जस्तो गरिरहेका छन् ।

लघुवित्तहरू २ प्रतिशतमा ऋण लिएर १८ प्रतिशतमा लगानी गर्छन् यसअघि भनिन्थ्यो अहिले राष्ट्र बैङ्कले १५ प्रतिशतमा झारेको छ । अर्थात लघुवित्तबाट ऋण लिएको ऋणी ऋण तिर्न नसकेर आत्महत्या गर्नुपर्ने अवस्थासम्म आउने गरेको आरोप छ । तपाईंहरू ज्यादा नाफामुखी भएको हो ?

बजार हल्ला जस्तो २ प्रतिशतमा लिएर १८ प्रतिशत लगाएको होइन ।  १८ प्रतिशत हुँदा हामीले १३ प्रतिशतमा लिएका थियौँ । बरु अहिले बजारमा धेरै तरलता हुँदा सात साढे सात प्रशितमा ऋण पाएका छौँ । १३ प्रतिशतमा लगानी गरेका छौँ । तरलता पर्याप्तता भएकाले बैङ्कहरूले मेरो ऋण लिदे भन्दै आउने गरेका छन् । सरकारी बैङ्कले साढे सात, आठमा ऋण दिएका छन् । आवधिक ऋण केही बैङ्कले बेसरेटभन्दा तल झरेर पनि दिएका छन् ।  बजारमा लघुवित्तलाई बदनाम गराउने हल्ला नबुझेकाहरूले गर्ने हो । हामीले कहिल्यै पनि ग्राहकको शोषण गरेका छैनौँ ।

कोरोनाले गर्दा कारोबारमा डिजिटलाइजेसन बढेको छ । ग्लोबल आईएमईलाई  डिजिटलाइजेसन बनाउने बेला भएन ?

सदस्यले बचत गरेको रकम एसएमएसमार्फत उनीहरूलाई जानकारी दिइन्छ । अस्ति मात्र युरानाटेक प्रालिसँग हामीले सम्झौता गरेका छौँ । अब विस्तारै मोबाइल, ट्याबलोइट बैङ्किङ गर्दै डिजिटलाइजेसनतिर लैजान्छौँ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.