८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण हुन सक्ने
काठमाडौं – सरकारी निकाय तथा कार्यालयहरूमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको पाइएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास पुल्चोकलगायत अधिकांश सरकारी निकायहरू संक्रमणको उच्च जोखिममा पर्दै गइरहेको विज्ञहरूले बताएका छन् । निजामती, शिक्षक, सेना, प्रहरी तथा विभिन्न सार्वजनिक संस्थानमा गरी ५ लाखभन्दा बढी राष्ट्रसेवक कर्मचारीहरू रहेका छन् । यीमध्ये सबैभन्दा बढी प्रभावित प्रहरी, सेना र निजामतीतर्फ हुने विज्ञहरूको भनाइ छ ।
शनिबार मात्रै प्रधानमन्त्रीका सल्लाहकार टिममा रहेका चार जनालगायत बालुवाटारको सुरक्षामा खटिएका बहुसंख्यक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारी निकायहरू नै उच्च जोखिममा रहेको देखिएको हो । अहिले पनि कतिपय मन्त्रालयका सहसचिव, प्रहरी र सेनाका उच्च पदस्थ पदाधिकारी तथा कर्मचारीहरू कोरोना संक्रमण पछि होम आइसोलेसनमा बसिरहेका छन् ।
कोरोना संक्रमणको उद्गम मानिएको चीनको उहानबाट फर्र्किकएका नेपाली विशेषज्ञ डा. रमेशकुमार आचार्यले सरकारी निकायले उच्च सुरक्षा सतर्कता नअपनाउने हो भने अबको डेढ महिनाभित्र ८० प्रतिशतभन्दा बढी सरकारी कर्मचारी तथा उच्च पदस्थहरूमा कोरोना संक्रमण हुने दाबी गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?
-
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न रकम निकासा दिन निर्देशन
-
वैकल्पिक चिकित्सा सेवाको रणनीति तर्जुमा तयार गर्न सुझाव संकलन गरिँदै