शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रूसमा मे पछि पहिलोपटक करिब १० हजार व्यक्तिमा कोभिड-१९ पुष्टि

शनिबार, १७ असोज २०७७, २२ : ५३
शनिबार, १७ असोज २०७७

एजेन्सी । रूसले विगत २४ घण्टामा देशभर नौ हजार ८५९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ । गत मे १५पछि शनिबार सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सबैभन्दा बढी भएको कोरोनाभाइरस नियन्त्रण केन्द्रले बताएको छ । 

रूसको सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म कूल १२ लाख चार हजार ५०२ व्यक्ति सङ्क्रमित भएका छन् । रूस कोभिड–१९ बाट विश्वको चौथो बढी सङ्क्रमित मुलुक हो । रूसमा शनिबारसम्म २१ हजार २५१ व्यक्तिको मृत्यु भएको छ भने नौ लाख ७५ हजार ८५९ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् ।

केन्द्रका अनुसार विगत २४ घण्टामा सबैभन्दा बढी प्रभावित मस्को शहरमा दुई लाख ८८४ थप व्यक्ति सङ्क्रमित भएका छन् भने यहाँ कूल सङ्क्रमितको सङ्ख्या तीन लाखभन्दा बढी पुगेको छ । शुक्रबारसम्म दुई लाख २६ हजार ४३५ व्यक्ति स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । रूसमा कूल चार करोड ७२ लाख व्यक्तिको कोरोनाभाइरस परीक्षण भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप