बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पर्वत र कास्कीको सिमानामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु

शनिबार, १७ असोज २०७७, २२ : १७
शनिबार, १७ असोज २०७७

पर्वत । पर्वत र कास्कीको सिमाना नयाँपुलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्याङ्गजा आँधीखोला गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय पुष्कर बस्नेत रहेको प्रहरीले जनाएको छ । 

पोखराबाट पर्वतको कुश्मातर्फ आउँदै गरेको ग१०प २१२२ नम्बरको स्कुटर कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलस्थित पर्वत र कास्कीको सिमाना जोड्ने पक्की पुलको बारमा अनियन्त्रित भएर ठक्कर खाँदा स्कुटरको पछाडि बसेका बस्नेतको उपचारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

आज बिहान साढे ४ बजेको समयमा भएको सो दुर्घटनामा सोही स्थान बस्ने अन्दाजी २५ वर्षीय स्कुटर चालक सन्तोष न्यौपाने भने घाइते भएका छन् । उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप