शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

पत्रकारको अनशनमा बाबुराम, श्रमजीवीलाई साथ, मालिकलाई खबरदारी

शनिबार, १७ असोज २०७७, २० : २२
शनिबार, १७ असोज २०७७

काठमाडौं । मिडिया हाउसविरूद्ध नयाँ बानेश्वरमा सडकमै रिले अनसन बसिरहेका पत्रकारहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउन जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई पुगेका छन्। 

शनिबार साढे ११ बजे बानेश्वर पुगेर रिले अनसनमा बसेका पत्रकार तथा पत्रकार महासंघका नेताहरूलाई भेटेर भट्टराईले आन्दोलनलाई साथ दिएका हुन्। त्यसक्रममा भट्टराईले जनतालाई सुसूचित गर्ने जिम्मेवारी बोकेका पत्रकारहरू नै शोषणमा परेर सडकमा आउन बाध्य हुनु दुर्भाग्यपूर्ण भएको बताए। उनले पत्रकारलाई सडकमा ल्याउन बाध्य नपार्न मिडिया हाउसहरूलाई अनुरोध गरे। 

सरकारले ऐन कानुन बनाउने तर पालना नगर्नेलाई कारबाही गर्न नसक्नु दुस्खद् भएको भन्दै भट्टराईले श्रमजीविहरूको आवाज सुन्न सरकारको ध्यानाकर्षण गराए। ‘तर सरकारको ध्यान अहिले असंगठित श्रमिकको समस्या सुन्ने हैन। चुनाव हारेका मन्छेलाई सांसद बनाउनेतिर छ,’ भट्टराईले भने। विभिन्न एक दर्जन सञ्चारमाध्यमले कोभिड(१९ को बहानामा पत्रकार तथा कर्मचारी निष्काशन गरेपछि रिले अनसन थालिएको श्रमजीवि हित प्रवर्द्धन समितिका सहसंयोजक जन्मदेव जैसीले बताए। 

उनका अनुसार ६ बुँदे माग राखेर असोज १५ गतेबाट रिले अनसन थालिएको हो। कोभिड(१९ को बहानामा अहिले राजधानीका साढे तीन सय कर्मचारी तथा पत्रकारलाई मिडिया हाउसले निष्काशन गरेको उनले बताए। 

मिडिया हाउसविरूद्ध नयाँ बानेश्वरमा सडकमै रिले अनसन बसिरहेका पत्रकारहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउन जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई पुगेका छन्।

शनिबार साढे ११ बजे बानेश्वर पुगेर रिले अनसनमा बसेका पत्रकार तथा पत्रकार महासंघका नेताहरूलाई भेटेर भट्टराईले आन्दोलनलाई साथ दिएका हुन्। त्यसक्रममा भट्टराईले जनतालाई सुसूचित गर्ने जिम्मेवारी बोकेका पत्रकारहरू नै शोषणमा परेर सडकमा आउन बाध्य हुनु दुर्भाग्यपूर्ण भएको बताए। 

उनले पत्रकारलाई सडकमा ल्याउन बाध्य नपार्न मिडिया हाउसहरूलाई अनुरोध गरे। सरकारले ऐन कानुन बनाउने तर पालना नगर्नेलाई कारबाही गर्न नसक्नु दुस्खद् भएको भन्दै भट्टराईले श्रमजीविहरूको आवाज सुन्न सरकारको ध्यानाकर्षण गराए। 

विभिन्न एक दर्जन सञ्चारमाध्यमले कोभिड(१९ को बहानामा पत्रकार तथा कर्मचारी निष्काशन गरेपछि रिले अनसन थालिएको श्रमजीवि हित प्रवर्द्धन समितिका सहसंयोजक जन्मदेव जैसीले बताए । उनका अनुसार ६ बुँदे माग राखेर असोज १५ गतेबाट रिले अनसन थालिएको हो। कोभिड(१९ को बहानामा अहिले राजधानीका साढे तीन सय कर्मचारी तथा पत्रकारलाई मिडिया हाउसले निष्काशन गरेको उनले बताए । 

‘पत्रकार महासंघमा १२ वटा मिडिया हाउसले निष्काशन गरेको उजुरी आएको छ, हामीले सम्बन्धित मिडिया हाउसलाई अनुरोध गर्‍यौं तर अटेर गरेपछि आन्दोलन सुरू गर्नुपरेको हो,’ उनले भने। 

यसरी निष्काशन गर्ने मिडिया हाउसमा अन्नपूर्ण पोष्ट, कान्तिपुर, कारोबार, नागरिक, माउन्टेन टिभी, नयाँ पत्रिका, एभिन्यूज, न्यूज २४, नेपाल आज अनलाइन, राजधानी, उज्यालो एफएम र समाचारपत्र दैनिक रहेको जैसीले बताए।
 
सरकारले तोकेको पारिश्रमिक उपलब्ध गराउनु पर्ने, बाँकी रहेको बक्यौता भुक्तानी, अनावश्यक सरुवा र निष्काशन फिर्ता लिनुपर्ने, ६ महिना काम गरेकालाई स्थायी नियुक्ति दिनुपर्ने, श्रमजीवि पत्रकार ऐन लागू कार्यान्वयन नगर्ने मिडिया हाउसलाई कारबाही गर्नुपर्ने माग रिले अनसनको छ। जैसीका अनुसार यो पाँच दिने रिले अनसनपछि पनि आन्दोलनका कार्यक्रम छन्। २१ गते अन्नपूर्ण पोस्ट र कान्तिपुर टेलिभिजनमा एक घन्टा घेराउ गर्ने कार्यक्रम छ। 

२२ गते कान्तिपुर मिडिया ग्रुप र कारोबार दैनिक, २३ गते नागरिक दैनिक २४ गते नेपाल आजमा एक घन्टा धर्ना दिने कार्यक्रम छ। ’२१ देखि २४ गतेसम्म दिनहुँ ती मिडिया हाउसमा एक घन्टा घेराउ गर्ने कार्यक्रम छ,’ पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका जैसीले भने।  

२५ गते सूचना विभाग र न्यूनतम् पारिश्रमिक निर्धारण समितिमा लाल्टिन बालेर प्रदर्शन गर्ने र २७ गते प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने कार्यक्रम छ। 'सञ्चारगृहको ज्यादती र शोषणको विषयमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रतिनिधिसभा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, सञ्चार र श्रम मन्त्रालयलगायतलाई ज्ञापन पत्रसहित ध्यानाकर्षण गराउने कार्यक्रम छ,’ जैसीले भने।

अनसन बस्नेमा कारोबारका धर्मेन्द्र कर्ण, नागरिकका सुविद गुरागाईं, डिल्ली आचार्य, करण बडाल, श्रीराम वाग्ले, विपेन्द्र कार्की, अमृत भादगाउँले, निर्मला बस्नेत, संकेत कोइराला, विष्णु केसी, गोविन्द देवकोटा, किरण आचार्य छन्। 

यस्तै, सविन महर्जन, ध्रुव रिजाल, सुशील पोखरेल, भुवन पौडेल, उम्तम ओझा, ढकप्रसाद खतिवडा, राजन तामाङ, विश्वराज खनाल, राम निरौला, निमा लामा, डुक्पाछिरिङ मोक्तान, हेमा शर्मालगायत छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप