कोरोनाको दोस्रो लहर – फ्रान्स, चीन र स्पेनमा यस्तो सतर्कता
संसारमा कोरोना संक्रमितको आँकडा ३ करोड ४८ लाखभन्दा धेरै पुुगेको छ । निको भइसकेका बिरामीको संख्या २ करोड ५८ लाख ८९ हजार ७ सयभन्दा ज्यादा छ ।
मर्नेको संख्या १० लाख ३३ हजार नाघिसकेको छ । यो तथ्याङ्क वल्र्डोमिटर्स डट इन्फोको हो । यस्तोमा कोरोना भाइरस संक्रमणको पहिलो लहरलाई बल्ल–बल्ल नियन्त्रणमा ल्याएका केही देशहरु दोस्रो लहरको चपेटामा परेका छन् ।
फ्रान्समा तमाम कोसिसका बाबजुद दोस्रो लहरले खतराको घण्टी बजाइसकेको छ । शुक्रबार फेरि एकैदिन १२ हजारभन्दा धेरैमा संक्रमण देखियो । जसकारण, बाध्य भएर फ्रान्स सरकारले विभिन्न नयाँ नियमहरु लागु गरेको छ । पछिल्ला दुुई हप्ताभित्र यहाँ २ लाखभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
कोलम्बिया
कोलम्बियाका अन्य शहरको दाँजोमा राजधानी बोगाटामा दोस्रो लहरको खतरा ज्यादा देखिएको छ । यद्यपी, यस खतरालाई पार लगाउन प्रशासन तयार रहेको बोगाटाकी मेयर क्लाउडिया लोपेजको दाबी छ । उनी भन्छिन्, ‘हामीलाई लाग्छ कि दोस्रो लहर नोभेम्बर वा डिसेम्बर वा त्यस पहिले नै राजधानीमा फैलनसक्छ । तर, हामी तयार अवस्थामा छौं । आशा छ यो पहिलो लहरजस्तो खतरनाक साबित हुनेछैन ।’
कोलम्बिया विगत ५ महिनादेखि लकडाउनमा छ । यद्यपी, पछिल्ला दिनहरुमा प्रतिबन्ध निकै खुुकुलो भइरहेको छ । सेप्टेम्बरदेखि केही रेस्टुरेन्टहरु पनि खुला गरिएका छन् । सरकारका अनुसार साना शहर र भुुपडबस्तीमा संक्रमणको खतरा समाप्त भइसकको छैन ।
चीनमा १० नयाँ घटना
चीनमा शुक्रबार संक्रमणका १० नयाँ घटना देखिए । बिहीबार पनि यति नै व्यक्तिमा संक्रमण देखिएको थियो । यद्यपी, विदेशबाट आएका व्यक्तिमा मात्रै संक्रमण भेटिएको र स्थानीय संक्रमणको केही संकेत वा प्रमाण नदेखिएको सरकारले जनाएको छ ।
यहाँ अहिले कुल १ सय ८९ जनामा सक्रिय संक्रमण छ । यसमध्ये केही व्यक्तिको अवस्था गम्भीर छ । चीनमा अहिलेसम्म कुल ८५ हजार ४ सय ३४ जनामा कोरोना देखिएकोमा ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको थियो ।
म्याड्रिडमा लकडाउनको तयारी
स्पेनको राजधानी म्याड्रिडमा सरकारले केही हटस्पट्स पहिचान गरेको छ । सरकारका अनुसार यहाँ लकडाउन नलगाई संक्रमण रोक्न सहज छैन । यद्यपी, स्थानीय प्रशासन र मानिसहरुले यस निर्णयको विरोध गरिरहेका छन् ।
पछिल्ला दुई हप्तामा यहाँ १ लाख ३३ हजारभन्दा धेरैमा संक्रमण देखिइसकेको छ, जो निकै दुःखद हो । म्याड्रिडमा ९ उपनगरीय इलाका छन्, यहाँ झन्डै ३० लाख मानिस बस्छन् । अहिले, बाहिरबाट आउने व्यक्तिलाई यहाँ प्रतिबन्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतमा रविले सम्झाए आफ्नो नागरिकता प्रकरण : भने– यो मुद्दा पनि खारेज हुनुपर्छ
-
भूकम्प दैवीप्रकोप होइन, प्राकृतिक प्रक्रिया हो : प्रधानमन्त्री
-
रविमाथिको थुनछेक बहस सकियो, आजै आदेश आउने
-
सरकारी जागिर पाउनासाथ पत्नीले राखिन् यस्तो शर्त, पतिले दिए प्रहरीमा उजुरी
-
१.८३ अंकले बढ्यो नेप्से
-
बौधीमाईका मेयरविरद्ध नाराबाजी र प्रदर्शन