शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुन्दर छाला र तौल घटाउनका लागि कफी, अन्य ५ फाइदा

शनिबार, १७ असोज २०७७, १० : २९
शनिबार, १७ असोज २०७७

एजेन्सी – विश्वमा अक्टोबर १ लाई ‘विश्व कफी दिबस’ को रुपमा मनाइन्छ । यो दिबस मनाउनुको उद्देश्य कफीको व्यवसायलाई बढाउनु हो । कफीले शरीरलाई तुरुन्तै शक्ति दिने भएकाले दिनको सुरुवात कफीबाट गर्ने गरिन्छ । यसका साथै कफीका अन्य फाइदाहरु पनि छन् । 

कलेजो
स्वास्थ्य विज्ञका अनुसार दिनमा दुई देखि तीन कफ कफी दूध र चिनी नमिसाइकन खाँदा कलेजोसँग जोडिएका विभिन्न रोगहरु लाग्नबाट बच्न सकिन्छ । विज्ञ चिकित्सकका अनुसार कलेजोमा हुने क्यान्सरको सम्भावना पनि कफी पिउँदा कम हुन्छ । कालो कफीले कलेजो स्वस्थ्य राख्न सहयोग पुर्याउँछ । 

तौल
कफीमा म्याग्नेशियम र पोटाशियम पाइन्छ । यसले मोटोपनलाई नियन्त्रणमा राख्छ । 

मुटु
कफीको सेवनले मुटु रोगीका लागि फायदा पुर्याउँछ । कफीले हर्ट स्ट्रोकको खतराबाट पनि बचाउँछ । 

मधुमेह
मधुमेह आजभोलि आममानिसको समस्या हो । कफीमा पाइने क्याफिनले रगतमा चिनीको मात्रा कम गराउँछ । त्यसैले यस्ता रोगीहरुलाई कफी फाइदाजनक हुन्छ । 

छाला
क्याफिनले आँखाको एलर्जी र डार्क सर्कलबाट पनि बचाउँछ । त्यसैले कफी पिउँदा छाला स्वस्थ्य हुन्छ । यति मात्र होइन कफी फेसप्याक बनाएर पनि लगाउन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप