दाङको कोइलाबास नाकाबाट मिनी ट्रकसहित ६२ वटा खसी नियन्त्रणमा
शुक्रबार, १६ असोज २०७७, २३ : ११

देउखुरी । राजश्व छलेर अवैध रूपमा खसी ल्याउँदै गरेको मिनि ट्रकसहित ६२ वटा खसी सशस्त्र प्रहरी बल नेपाल अर्जुनखोलाले नियन्त्रणमा लिएको छ । शुक्रबार राति करिब १० बजे भारतसँग जोडिएको दाङ सिमा नाकाको कोइलाबास हुँदै नेपाल ल्याउँदै गरेको अवस्था रा १ ख १३१५ नम्बरको ट्रक र ६२ वटा खसी नियन्त्रणमा लिएको हो ।
नेपाल भारत सिमा क्षेत्र बन्द भएको मौका छोपी बैकल्पिक बाटोको प्रयोग गरेर भारतबाट संकलन गरि नेपालको सिमा क्षेत्र हुँदै नेपाल ल्याउन लागेको अनुमान गरिएको सशस्त्र प्रहरी बल २९ नम्बर गण (हेकुवा ज्वालामाई गण) भालुवाङ्का एसपी टोपबहादुर खनालले जानकारी दिए ।
उनका अनुसार अवैध खसी नेपाल भित्र्याउने सम्बन्धित व्यक्ति फेला परेको छैन । ट्रकसहित ६२ वटा खसी नेपालगन्ज भन्सार कार्यालयमा अहिले बुझाउने तयारी भएको एसपी खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै, यस्ता छन् कार्यक्रम
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने