बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जापानको बेरोजगारी दर अगस्टमा तीन वर्षयताकै उच्च

शुक्रबार, १६ असोज २०७७, २२ : ४८
शुक्रबार, १६ असोज २०७७

एजेन्सी । जापानको बेरोजगारी दर अगस्टमा तीन वर्षपछि पहिलो पटक उच्च देखिएको छ । कोरोनाभाइरसले व्यापारमा प्रतिकूल असर पारेपछि नियन्त्रणका उपाय अवलम्वन गर्दा यहाँको बेरोजगार दरमा वृद्धि देखिएको हो । जापानमा अगस्टमा बेरोजगार दर तीन प्रतिशत पुगेको सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

आन्तरिक मामिला र सञ्चार मन्त्रालयका अनुसार देशको बेरोजगारी दर लगातार दोस्रो महिना बढेको छ । जुलाईमा बेरोजगार दर २.९ प्रतिशत रहेकोमा यो अगस्टमा तीन प्रतिशत पुगेको हो । 

तथ्याङ्क विभागका अनुसार सन् २०१७ को मे महिनाको तुलनामा यहाँ बेरोजगार दर ३.१ प्रतिशतले बढेको हो । गत वर्षभन्दा यो वर्ष जापानमा चार लाख ९० हजार बढी व्यक्ति बेरोजगार हुँदा कूल २६ लाख व्यक्ति बेरोजगार बनेका छन् ।  जापानको श्रम मन्त्रालयका अनुसार अगस्टमा रोजगार उपलब्धता दरमा लगातार आठौँ महिना कमी देखिएको छ । जापानमा सन् २०१४ को जनवरीपछि पहिलो पटक यो रफ्तार आएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप